Home / Feature Breaking news / घोराही १६ वडा कार्यालयद्वारा विद्यार्थीहरुलाई पोशाक प्रदान

घोराही १६ वडा कार्यालयद्वारा विद्यार्थीहरुलाई पोशाक प्रदान

घोराही, १५ पुस
घोराही उपमहानगरपालिका वडा नम्बर १६ ले श्री सिर्जनशील आधारभुत विद्यालय बाहुनडाँडाका विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गरेको छ । वडाले विद्यालयका १ सय १६ जना विद्यार्थीहरुलाई जाडो समयमा प्रयोग हुने पोशाक (न्यानो कपडा) प्रदान गरेको हो ।

वडा कार्यालयले विद्यालयमा एक कार्यक्रमको आयोजना गरि पोशाक प्रदान गरिएको थियो ।

वडाअध्यक्ष ताराबहादुर डिसीको अध्यक्षतामा भएको पोशाक वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक, विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यालयका प्रधानाध्यापक रमेशकुमार पाण्डेले विद्यालयको शैक्षिक तथा भौतिक स्थितिको बारेमा जानकारी गराउनुभएको थियो ।

विद्यालयमा कक्षा नर्सरीदेखी ८ कक्षासम्म अध्ययनरत १ सय १६ विद्यार्थीहरुलाई विद्यालय ट्रयाक सुट, टिसर्ट पाएसँगै विद्यार्थी एवं अभिभावकहरुले वडा कार्यालयलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष ताराबहादुर डिसीले वडा कार्यालयले वडाबासीहरुको तत्काल र दिर्घकालिन आवश्यकतालाई मध्यनजर गर्दै काम गरिरहेको बताउनुभयो । वडामा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक र भौतिक गुणस्तरकालागि एवं विद्यार्थीहरुलाई अध्ययनमा सहजता होस् भनेर काम गरिरहेको उहाँको भनाई थियो ।

वडा कार्यालयले यस अगाडी प्रा.वि करौतिडाँडा र प्रा.वि.सानी अम्बापुरमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरेको वडाध्यक्ष डिसीले जानकारी दिनुभयो । कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक सुवास पुनले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*