बंगलाचुली गाउँपालिका ५ मा नेपाली कांग्रेसको सय दिने अभियान अन्तरगत छलफल कार्यक्रम सम्पन्न भएको छ । वडा ईकाइ समितिको आयोजनामा छलफल तथा अन्तरक्र्रिया कार्यक्रम गरिएको हो ।
वडा सभापति केशव जिसीको अध्यक्षता एवं नेपाली कांग्रेसका महासमिति सदस्य बिमला योगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागी नेता कार्यकर्ताहरुबीच संगठन सुदृढिकरण सम्बन्धमा छलफल भएको हो ।
कार्यक्रममा बोल्दै महासमिति सदस्य योगीले संगठन सुदृढिकरणकालागी सबै नेता कार्यकर्ताहरु जनतामाझ पुगेर काम गर्न आवश्यक भएको बताउनुभयो ।
उहाँले वडाका हरेक सामाजिक संघस.स्था, उपभोक्ता समिति, विद्यालय, वन तथा अन्य क्षेत्रमा प्रतिनिधित्व गर्दैेै संगठनलाई बलियो बनाउन आवश्यक रहेको बताउनुभयो । पार्टि र जनप्रतिनिधीहरुबिचको सम्बन्धलाई थप सुधार गर्न आवश्यक रहेको बताउदै उहाँले महिला र युवाहरु लक्षित कार्यक्रम सञ्चालन गर्न पार्टि ईकाइ समितिलाई अनुरोध गर्नुभयो ।
त्यस अवसरमा वडाको घरधुरी सर्वेक्षण गर्ने, वडाको क्रियाशील सदस्यको नेतृत्वमा शिक्षा, स्वास्थ्य र सामाजिक विकास समिति गठन गर्ने, वडामा भातृ संगठनहरुलाई बलियो बनाउनकालागी सदस्यता बृद्धि गर्ने एवं जिम्मेवारी प्रदान गर्ने र पार्टि ईकाई समिति र पार्टिबाट निर्वाचित जनप्रतिनिधीहरुबिच भेला गरि योजनावद्ध रुपमा मानविय विकास र भौतिक विकासकालागी कार्य गर्ने निर्णय गरिएको छ ।