दाङ,४ साउन । नेपाल यातायात मजदुर संघ दाङ जिल्ला कार्यसमितिले स्वर्गिय चन्द्रवहादुर नेपालीको परिवारलार्इ सहयोग रकम प्रदान गरेको छ ।
संघले घोराहीमा एक कार्यक्रमको आयोजना गरि सहयोग रकम स्वर्गिय चन्द्रवहादुर नेपालीको श्रीमती सविना नेपालीलाई सहयोग रकम प्रदान गरेको हो ।
संघको तर्फ संकलित २१ हजार १ रुपैया र घोराही उपमहानगरपालिका वडा नं १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेले ५ हजार र नेपाली काँग्रेसका क्षेत्र नं ३ का सभापति भुपवहादुर डाँगीले ३ हजार गरि नगद २९ हजार १ रुपैया प्रदान गरिएको हो ।
परिवारलार्इ सानो भएपनि राहत पुगोस भनेर सहयोग गरेको संघले जनाएको छ । नेपालीको गएको असार २१ गते प्युठानको वडडाँडामा भएको सडक दुर्घटनामा मृत्यु भएको थियो । कार्यक्रम नेपाल यातायात मजदुर संघका जिल्ला अध्यक्ष पदमवहादुर वलीको अध्यक्षता तथा नेपाली काँग्रेस क्षेत्र नं ३ का सभापति भुपबहादुर डाँगीको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा घोराही उपमहानगरपालिका वडा न १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डे, नेपाल ट्रेड युनियन काँग्रेसका प्रदेश सहसचिव मानकुमार राना, जिल्ला उपाध्यक्ष विमल पौडेल, पाण्डवेश्वरी यातायात प्रालिका अध्यक्ष सरोज शाह, संघका दीपक हमाल, गणेश पाण्डेलगाएतकाले मन्तव्य व्यक्त गरेका थिए ।
घर परिवारको तर्फवाट सविना नेपाली सवैलाई धन्यावाद ज्ञापन गरेकी थिइन । कार्यक्रमको सहजिकरण नेपाल यातायात मजदुर संघका जिल्ला सचिव मोत्तिलाल न्यौपानेले गरेका थिए ।