Home / Feature Breaking news / कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

काठमाडौं,२९ मंसिर । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् ।

दोस्रो चरणको मतदानमा ४ हजार ६ सय २३ मत खसेको थियो । सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २ हजार ३ सय ११ मत चाहिन्थ्यो । देउवाले २ हजार ७ सय ३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १ हजार ८ सय ५५ मत पाएका छन् । ३५ मत भने बदर भएको छ ।

कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६७९ जनाले पहिलो चरणमा मतदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*