Home / Feature Breaking news / विपीको शालिक अनावरण गर्न शेरबहादुर देउवा दाङ आउदै

विपीको शालिक अनावरण गर्न शेरबहादुर देउवा दाङ आउदै

दाङ, २६ भदौ
महामानव विपि कोईरालाको १०६ औ जन्मजयन्तीको अवसर पारेर भदौ २७ गते भोली शुक्रवार घोराहीको विपी चोकमा रहेको वि पि को सालीकको अनवारण गरिने भएको छ ।

नेपाली काग्रेसका सभापती शेरबहादुर देउवाले शालीक अनावरण गर्ने जिल्ला शालीक निमार्ण  समीतीका संयोजक एव ंक्षेत्र न २ का सभापती भुपबहादुर डाँगीले जानकारी दिनु भयो ।

२०७१ साल भदौ २४ गते विपि जयन्तीको अवसर पारेर नेपाली काग्रेसका नेता स्वर्गीय खुमबहादुर खडकाले  शालीक राखीने स्थानको शिलन्यास गर्नुभएको थियो । भक्तपुर लगनखेलका कालीगड विष्णु बरालले निमार्ण गरेको साढे ५ फीट अग्लो विपिको पूर्ण कदको शालीक करिब साढे ५ लाख रुपैयामा तयार भएकोे संयोजक डाँगीले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ लाई नेपाली काग्रेस दाङले विपिको शालीक निमार्णका लागी जिम्मेवारी दिएको थियो । क्षेत्रीय समीतीले विपिको शालीक निमाणर््का करिव ३१ लाख रुपैया आर्थिक संकलन गरेको शालीक निर्माण समीतीका कोषाध्यक्ष आर.के.शीतलले जानकारी दिनभुयो ।

२०६३ असार २७ गते घोराही नगरपालिकाको बोर्ड बैठकले घोराही कटरबोट चोकमा विपीको शालिक स्थापना गर्ने निर्णय गरेको थियो ।

यसैविच भाद्र २८ गते तुल्सीपुरमा पनि विपिको शालिकको अनावरण गरिने भएको छ । तुल्सीपुरमा पनि पार्टी सभापती देउवा लगायत केन्द्रीय नेताहरुको उपस्थितीमा शालीक अनवारण गरिने छ ।

शुक्रवार दिउसो १ बजे हुने शालिक अनावरण कार्यक्रममा उपस्थित हुनकालागी शालिक अनवारण कार्यक्रममा सहभागी हुन नेता कार्यकर्ता प्रशासक कर्मचारी उद्योगी व्यवसायी वि पिका अनुयायी  भात्रतृ तथा सेभेच्छुक संघ संस्था व्यापारी सवैलाई आग्रह गरिएको छ ।

जिल्ला जिल्ला सभापती कृती वहादुर खडका र  सचिव शंकरप्रसाद डाँगीले एक विज्ञप्ती जारी गरि घोराहीमा शुक्रवार र शनिवारतुलस्पुरमा हुने शालीक अनावरण कार्यक्रममा उपस्थित हुन सम्पूर्णमा अनुरोध गर्नुभएको छ ।

यसैबीच शुक्रवार नै घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा स्वर्गीय नेता खुमवहादुर खडकाको शालिक निमार्ण स्थलको पनी पार्टी सभापती देउवाले शिलन्यास गर्ने कार्यकम रहेको नेपाली काग्रेस दाङले जनाएको छ । अपराह्न ४ बजे नारायणपुरमा शालिक निर्माण स्थलको शिलन्यास गरिने त्रिपुर नगर सभापति दिपक पाण्डेले जानकारी दिनुभयो ।

यसैविच नेपाली काग्रेस जनजागरण अभियान दाङको पचार प्रसार समीतीले असोज ७ गते घोराहीमा विशाल आमसभाको  आयोजना गरिएको जनाएके छ । नेपाली काग्रेस दाङका उपसभापती एवं जागरण अभियानका प्रचार प्रसार संयोजक कमानसिह भारतीले आमसभामा उपस्थित हुन शुवेच्छुक सवैमा आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*