Home / Feature Breaking news / लुम्बिनी प्रदेशद्वारा निती तथा कार्यक्रम सार्वजनिक

लुम्बिनी प्रदेशद्वारा निती तथा कार्यक्रम सार्वजनिक

दाङ, २६ जेठ
लुम्बिनी प्रदेशमा आज सरकारको नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

सरकारले सार्वजनिक गरेको कार्यक्रममा कृषि क्षेत्रको व्यावसायिक प्रवर्द्धन, बजारीकरण र रोजगारी केन्द्रित कृषिलाई प्राथमिकतामा राखेको छ । रोजगारी सिर्जना गर्ने नवीनतम उद्योग र पर्यटन क्षेत्रलाई पनि सरकारले प्राथमिकता दिएको छ । सरकारले स्थायी राजधानी निर्माणलाई पनि प्राथमिकतामा राखेको छ ।

सरकारको नीति कार्यक्रममा प्रदेशसभाबाट राजधानी तोकिएसँगै आधुनिक शहरसहितको प्रदेश राजधानीलाई व्यवस्थित गर्न गुरुयोजना निर्माण भएर जग्गा व्यवस्थापन, ल्यान्ड पुलिङ र भौतिक पूर्वाधार निर्माणका कार्य शीघ्ररुपमा अघि बढेको उल्लेख छ ।
सरकारले प्रदेशबासीको आवश्यकता बमोजिम सिप तथा क्षमता विकास, रोजगारी सिर्जना, आयआर्जनमा वृद्धि गर्दै जिवनस्तरमा दिगो सुधार एवं उत्पादन र उत्पादकत्व वृद्धिको माध्यमबाट आत्मनिर्भर, समृद्ध र समुन्नत प्रदेश बनाउने गरी कार्यक्रम सञ्चालन गरिने नीति कार्यक्रम बनाएको छ ।

विभिन्न जिल्लामा सफल देखिएका उत्पादन र बजार प्रणाली पहिचान गरी कृषकबाट कृषकसम्म प्रविधि तथा कार्यक्रम विस्तार गर्ने सरकारको लक्ष्य छ । तीनै तहको समन्वयमा खाद्य सुरक्षाको जोखिममा रहेका घरपरिवारको पहिचान गरी जोखिम व्यवस्थापन सञ्चालन गर्ने नीति पनि सरकारले अघि सारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*