दाङ,१७साउन । देउखुरीको एक विद्यालयमा १३ जना मात्र विद्यार्थीहरु रहेका छन । कक्षा ३ सम्म पढाईहुने रात्री प्राथमिक विद्यालय सोनपुरमा १३ जना मात्र विद्यार्थीहरु रहेका छन । लमही नगरपालिका वडा नं.२ सोनपुरमा रहेको रात्री प्राथमिक विद्यालय रनियापुरमा बर्षेनी विद्यार्थीहरुको संङ्ख्या घट्दै गएको छ ।
१३ जना विद्यार्थी पढाउनका लागि एक बालबिकास शिक्षिकासहित तीन जना शिक्षकहरु रहेका छन । विद्यालयका प्रधानाध्यापक टंक अधिकारीका अनुसार विद्यालयमा कक्षा १ मा ४ जना विद्यार्थी, कक्षा २ मा ५ जना विद्यार्थी र कक्षा ३ मा ४ जना विद्यार्थीहरु रहेका छन । नजिकैमा माध्यामिक तहसम्म पढाई हुने विद्यालय रहेको र अभिभावकहरुमा निजी विद्यालयप्रतिको मोह बढदै गएका कारण विद्यालयमा विद्यार्थी संङ्ख्या घट्दै गएको प्रधानाध्यापक अधिकारीले बताए ।
गतबर्ष १८ जना विद्यार्थीहरु रहेपनि यो बर्ष घटेर १३ जना मात्र रहेको उनले बताए । ‘केही बर्ष पहिलेसम्म राम्रै विद्यार्थी आउने गरेका थिए’,प्रधानाध्यापक अधिकारीले भने,‘तर पछिल्लो विद्यालयमा बर्षेनी विद्यार्थी घट्दै गएका छन ।’ विद्यार्थी सङख्या कम भएका कारण नजिकै रहेको माध्यामिक विद्यालय सोनपुरमा विद्यालय गाभ्ने तयारी भैरहेको समेत प्रधानाध्यापक अधिकारीले बताए ।
थारु समुदायका विद्यार्थी अध्ययन गर्दै आएको विद्यालय २०४७ सालमा स्थापना भएको विद्यालय हो । सुरुका केही बर्ष रात्रीकालिन समयमा पढाई हुने विद्यालय सशस्त्र द्धन्द्धको समयवाट दिउँसोमा पढाई हुन थालेको थियो । विद्यालयको नजिकैमा माध्यामिक तहसम्मको पढाई सञ्चालन हुने विद्यार्थीहरु भएपछि अधिकांस विद्यार्थी माध्यामिक विद्यालय सोनपुरमा जाने गरेका छन ।
RaptiSandesh RaptiSandesh