Home / समाचार / अदालतद्धारा न्यायीक समितिको अनुगमन

अदालतद्धारा न्यायीक समितिको अनुगमन

दाङ,२३ असार । दाङ देउखुरी जिल्ला अदालतका न्यायाधिस सहितको टोलीले आज घोराही उपमहानगरपालिका न्यायीक समितिको कार्य सम्पादनको विषयमा अनुगमन तथा छलफल गरेको छ ।

न्यायाधिस हेमन्त रावलको नेतृत्वमा गएको टोलीले उपमहानगरको न्यायीक समितिले गर्दै आएका न्याय सम्पादनका बिषयमा जानकारी लिनुका साथै छलफल गरेको हो ।

छलफलमा न्यायीक समिति संयोजक सीता सिग्देल न्यौपानेले समितिमा जग्गा विबाद र घरेलु हिंसाका मुद्धाहरु धेरै आउने गरेको जानकारी दिइन । मेलमिलापको माध्यमबाट पिडित र पिडकलाई जितको महशुस हुने गरी न्याय सम्पादन गर्दै आएको उनले जानकारी दिइएकी हुन ।

कार्यक्रममा न्यायाधिस रावलले न्यायीक समितिलाई आबस्यक पराशर्म तथा न्याय सम्पादनमा सहयोग आबस्यक परे सहजिकरण गर्न तयार रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*