Home / Feature Breaking news / बिषादी रहित तरकारी उत्पादन ध्यान दिऔँः सांसद श्रेष्ठ

बिषादी रहित तरकारी उत्पादन ध्यान दिऔँः सांसद श्रेष्ठ

दाङ,२४असार । बिषादीरहित तरकारी उत्पादन गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । घोराही उपमहानगरपालिका वडा नम्बर ५ को आयोजनामा धर्नाको दलजितपुरमा भएको कृषकहरुका लागि अर्गानिक तरकारी खेती सम्वन्धी तालिम तथा बिउबिजन वितरण कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन ।

वडाध्यक्ष बिष्णुमणि दाहालको अध्यक्षतामा भएको कार्यक्रमा बोल्दै प्रदेशसभा सदस्य अर्जुनकुमार श्रेष्ठले कृषि व्यवसायलाई आधुनिकरण गर्न आवश्यक रहेको बताए । परम्परागत कृषि व्यवसायवाट किसानहरुले आर्थिक आम्दानी लिन नसक्ने भन्दै श्रेष्ठले व्यवसायको आधुनिकरण गर्दै अर्गानिक तरकारी उत्पादनमा जोड दिनुपर्ने बताए । ‘परम्परागत कृषि प्रणालीवाट किसानलाई फाइदा हुदैन’,श्रेष्ठ भने,‘कृषि व्यवसायवाट आम्दानी लिनका लागि व्यवसायको आधुनिकरणमा ध्यान दिनुप¥यो ।’ आधुनिकरणको नाममा बिषादी प्रयोग नगर्न समेत आग्रह गरे ।

मानिसहरुलाई स्वस्थ तरकरी आवश्यक रहेको भन्दै नेता श्रेष्ठले किसानहरुले बिषादी रहित तरकारी उत्पादनमा ध्यान दिनुपर्ने बताए । बिषादीका कारण मानिसहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै नाफा कमाउने नाममा बिषादी हालेर तरकारी उत्पादन नगर्न समेत सुझाव दिएका थिए । उनले धर्नालाई कृषिको पकेट क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताए । धर्नामा प्रशस्त खेती योग्य जमिन रहेको र सिचाईको समेत व्यवस्था रहेकाले धर्नालाई अर्गानिक कृषि पकेटका रुपमा विकास गर्नुपर्ने बताएका हुन । त्यसका लागि आफुले सक्दो पहल गर्ने समेत बताए ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष बिष्णुमणि दाहालले किसानको आर्थिक जीवनस्तरमा परिवर्तन ल्याउने गरि कृषि व्यवसायको आधुनिकरण हुन आवश्यक रहेको बताए ।

बर्षादको समयमा कसरी तरकारी उत्पादन गरेर आयआर्जन गर्न सकिन्छ भनेर व्यवसायीक रुपमा तरकारी खेतीमा संलग्न किसानहरुलाई तालिम दिएको हो । तालिममा वडाका ३० जना किसानहरुको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षकमा सरस्वती सुवेदी रहेकी छिन । कार्यक्रमको सहजीकरण बिष्णु पैडेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*