Home / समाचार / बितेको १ वर्षमा २ सय २७ व्यक्ति बेचबिखनमा परेको तथ्यांक सार्वजनिक ,गरिबी र बेरोजगार मुख्य कारण

बितेको १ वर्षमा २ सय २७ व्यक्ति बेचबिखनमा परेको तथ्यांक सार्वजनिक ,गरिबी र बेरोजगार मुख्य कारण

दाङ, २० भदौ ।
गरिबी र बेरोजगारका कारण मानव बेचविखनमा पर्ने गरेको एक कार्यक्रमका सहभागीले बताएका छन् । मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण जिल्ला समिति दाङको आयोजनामा भएको ११ आँै मानन बेचविखन तथा ओसार पसार नियन्त्रण दिवसको अवसरमा घोराहीमा भएको कार्यमक्रमका सहभागीले आर्थिक रुपमा बलियो हुन नसक्दा महिला र बालबालिका बेचविखनमा परेको बताएका हुन् ।

मानव बेचविखन सम्बन्धि चेतना फैलाउन सके मानव बेचविखनको जघन्य अपराधमा कमि आउनसक्ने उनीहरुको भनाई छ । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले कार्यपत्र प्रस्तुत गर्दै आर्थिक बर्ष २०७१÷७२ मा दाङ लगायत देशभर गरि १ सय ८१ जना व्यक्ति बेचविखनमा परेको बताउनुभयो ।

यसैगरि २०७२÷७३ मा २ सय १२ र आर्थिक बर्ष २०७३÷७४ मा २ सय २७ जनाका व्यक्ति बेचविखनमा परेको तथ्यांकमा उल्लेख छ । यसैगरि दाङमा २०७१÷७२ मा २ जना, २०७२÷७३ मा ३ जना र २०७३÷७४ मा १ जना व्यक्ति बेचविखनमा परेको भनि जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको एसपी सिंहले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले महिलाहरु आर्थिक रुपमा कमजोर हुँदा र युवतीहरु बेरोजगार हुँदा बैदेशिक रोजगारको प्रलोभनमा परि बेचिने गरेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजिकरण सिसा नेपालकी अध्यक्ष साजिदा सिद्धिकीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*