Home / Feature Breaking news / घाेराही मेयर कपमा वडा नम्बर १० काे बिजयी सुरूवात

घाेराही मेयर कपमा वडा नम्बर १० काे बिजयी सुरूवात

घेराही, २० पुस

घाेराहीमा मेयर कप फुटबल प्रतियाेगीता सुरू भएकाे छ । घाेराही उपमहानगरपालिकाकाे आयाेजनामा फुटबल प्रतियाेगीता सुरू भएकाे हाे ।
प्रतियाेगीताकाे बुधवार एक कार्यक्रमकाे आयाेजना गरि उद्घाटन गरिएकाे थियाे ।

प्रतियाेगीता अन्तरगत भएकाे उद्घाटन खेलमा घाेराही उपमहानगरपालिका वडा नम्बर १८ ले वडा नम्बर ६ लाई १ का बिरूद्ध ४ गाेलले बिजयी सुरूवात गरेकाे छ ।

यस्तै प्रतियाेगीताकाे पहिलाे दिन भएकाे दाेस्राे खेलमा घाेराही उपमहानगरपालिका वडा नम्बर १० ले वडा नम्बर १२ लाई शुन्यका विरूद्ध २ गाेलले पराजित गर्दै बिजयी सुरूवात गरेकाे छ । प्रतियाेगीतामा घाेराही उपमहानगरपालिकामा १ देखी १९ नम्बर वडाकाे सहभागीता रहेकाे छ ।

प्रतियाेगीता अन्तरगत बिहीवार चार खेल हुने छ । जस अनुसार बिहान ८ बजे वडा नम्बर १ र २, बिहान ९:४५ बजे वडा नम्बर ११ र १४, दिउसाे १ बजे वडा नम्बर ८ र ९, दिउसाे ३ बजे वडा नम्बर ५ र ७ बिच खेल हुने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*