घोराही, २९ कांग्रेस
आगामी मंसीर २१ गते हुने प्रतिनीधी सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा कांग्रेसका उमेद्वारहरुलाई विजयी बनाउनकालागि महिलाहरुले घरदैलो सुरु गरेका छन् ।
कांग्रेसको पक्षमा मत माग्नकालागि महिलाहरुले समूह बनाएर प्रचारप्रसार सुरु गरेका हुन् । वुधवारदेखी घोराहीबाट घरदैलो कार्यक्रम सुरु गरिएको छ ।
निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसका उमेद्वारहरुलाई विजयी बनाउनकालागि मत माग्न मतदाताहको घरघरमा पुग्न सुरु गरिएको छ ।
महिला संघ साविक क्षेत्र नम्बर ३ को अगुवाईमा घरदैलो कार्यक्रम सुरु भएको महलिा संघका क्षेत्रीय अध्यक्ष जानका केसीले जानकारी दिनुभयो ।
जसमा यस क्षेत्रका महिला संघमा आवद्ध महिलाहरु एवं कांग्रेसप्रति आस्थावान् महिलाहरुको सहभागिता रहेको पनि उहाँले जानकारी दिनुभयो ।
वुधवार घोराहीको काठेकोहलमा घरदैलौ भईरहेको केसीले बताउनुभयो । आज वुधवारदेखी हरेक दिन विभिन्न स्थानहरुमा घरदैलो कार्यक्रम हुने छ ।