Home / Feature Breaking news / दाङमा बन्यो ‘लोकतान्त्रीक गठबन्धन’

दाङमा बन्यो ‘लोकतान्त्रीक गठबन्धन’

दाङ, २९ कार्तिक
आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनकालागि दाङमा लोकतान्त्रिक गठबन्धन हुने भएको छ ।

आगामी निर्वाचनकालागि दाङमा राप्रपा र राप्रपा प्रजातान्त्रिकपनि कांग्रेससँग सहकार्य गरेर जाने भएपछि लोकतान्त्रिक गठबन्धन भएको हो । तीन दलको सहकार्यसँगै नेपाली कांग्रेसका उमेद्वारहरु विजयी हुने आधार झनै बलियो बनेको छ ।

बुधवार घोराहीमा बसेको तीन दलको बैठकले निर्वाचनमा कांग्रेस, राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच सहकार्य गरेर जाने निर्णय हो । कांग्रेस, राप्रपा र राप्रपा प्रजातान्त्रिकका जिल्ला स्तरका नेतृत्वबीचको बैठकले लोकतान्त्रिक शक्तिलाई बिजयी बनाउनका लागि निर्वाचनमासँगै जाने निर्णय गरेका हुन ।

नेपाली कांग्रेसका जिल्ला सभापति कृतिबहादुर खड्का, राप्रपाका जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेत र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष नरेशजंग राना लगायत नेताहरुको सहभागीता रहेको बैठकले आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको पक्षमा जिल्लामा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभाका उमेद्वारहरुलाई सहयोग गर्ने निर्णय गरेको छ । जसका लागि आफ्नो पार्टीका संघसंस्था एवं भातृ संस्थाहरुलाई सहकार्यबारे जानकारी गराएर सबै लोकतान्त्रिक गठबन्धनका उमेद्वारहरुलाई विजयी बनाउनतर्फ लाग्न सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गर्ने निर्णय भएको छ ।

साथै कांग्रेस, राप्रपा र राप्रपा प्रजातान्त्रिकले वडा तथा गाँउगाँउमा संयुक्त प्रचारप्रसार समिति बनाएर उमेद्वार विजयी बनाउनकालागि लागीपर्ने निर्णय पनि आजको बैठकले गरेको छ।
यसैबीच बैठकपछि नेपाली कांग्रेस, राप्रपा र राप्रपा प्रजातान्त्रिकले संयुक्त विज्ञप्ती निकालेर लोकतान्त्रिक गठनबन्धन गरेको जानकारी गराएका छन् ।

23561855_1530466930377960_86645148288056239_n

नेपाली कांग्रेसका जिल्ला सभापति कृतिबहादुर खड्का, राप्रपाका जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेत र राप्रपा प्रजातन्त्रीकका नरेशजंग राणाद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ–‘प्रजातान्त्रिक शक्तिहरु एक ठाँउमा रहनु नै उपयुक्त रहेएकाले मुलुकमा जारी भएको नयाँ संविधानलाई कार्यान्वयन गर्नकासाथै राष्ट्रियता र प्रजातन्त्रको पक्षमा पहरेदार गर्नु हाम्रो दायित्व हो भन्ने कुरालाई ध्यानमा राखी तीन पार्टीबीच भएको सहमति अनुसार दाङमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उमेद्वारहरुलाई मतदान गर्न गराउने र समानुपातिकको हकमा आ–आफ्ना पार्टीलाई सहयोग र समर्थन गर्ने गरि जिल्ला स्तरमा पनि सहमति गरिएको छ । तसर्थ हामी आमजनसमुदाय शुभचिन्तक एवं हाम्रा पार्टिका नेता कार्यकर्तालाई प्रजातान्त्रिक मोर्चाका उमेद्वारहरुलाई मतदात गरि विजयी गराउनुहुन अनुरोध गर्दछौ ।’
साथै अहिलेको आवश्यकता अनुसार प्रजातान्त्रिक शक्तिहरु एक भएर प्रजातन्त्र र लोकतन्त्र रक्षाकालागि एक हुन आवश्यकता भएर केन्द्रमा भएको सहकार्यलाई पनि स्थानीय स्तरमा कार्यान्वयन गर्नकालागि दाङमा पनि सहकार्य गरेर लोकतान्त्रिक शक्तिलाई बलियो बनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*