Home / Feature Breaking news / २४ घण्टामा थप १२ कोरोना संक्रमितको मृत्यु

२४ घण्टामा थप १२ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १२ कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७२७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार १६७ कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार सोही अवधीमा १ हजार ८०० संक्रमित निको भएर घर फर्किएका छन् ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको छ । कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*