Home / Feature Breaking news / दाङ सहित यी जिल्लामा हुदैछ आज भारी बर्षा, सतर्कता अपनाउन अनुराेध

दाङ सहित यी जिल्लामा हुदैछ आज भारी बर्षा, सतर्कता अपनाउन अनुराेध

देशभरका अधिकांश क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाले निरन्तरको ठुलो वर्षाका कारण हुनसक्ने सम्भावित जोखिम कम गर्नका लागि विशेष सतर्कता अपाउन आग्रह गरेको छ ।

पछिल्लो ३ घण्टामा कास्की, स्याङजा, पाल्पा, कपिलबस्तु, रूपन्देही, अर्घाखाँची, नवलपरासी, प्युठान, दाङ, बाँके, कैलाली कञ्चनपुर, रुकुम, जाजरकोट, सुर्खेत, बारा, रौतहट, महोत्तरी, सर्लाही, काठमाडौं र आसपास धेरै स्थानमा ठुलो वर्षा भएको महाशाखा तथ्यांक छ ।

थप वर्षा हुने भएकाले ती जिल्लामा  बहने साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना रहेको छ । तटीय क्षेत्रामा अर्को ६ घण्टा उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*