घोराही, ३ पुष
नेपाली कांग्रेस दाङले प्रदेश नम्बर ५ को राजधानी दाङलाई तोक्न सरकार समक्ष माग गरेको छ । आईतवार बसेको कांग्रेस दाङको बैठकले प्रदेश नम्बर पाँचको राजधानीका लागि दाङ उपयुक्त रहेको भन्दै दाङलाई नै राजधानी तोक्नका लागि सरकारको ध्यानाकर्षण गराएको हो ।
भौगोलिक,हावापानी, भौतिक पूर्वाधार तथा सुरक्षका दृष्टिकोणले मात्रै नभई यो प्रदेशका सबै जिल्लाहरुको केन्द्रमा दाङ पर्ने भएकाले पनि राजधानीका लागि दाङको बिकल्प खोज्न नहुने वैठक पछि कांग्रेस दाङका सचिव शंकर प्रसाद डाँगीले जानकारी दिए ।
कग्रेस दाङका सभापति किर्तिवहादुर खड्काको सभापतित्वमा बसेको वैठकले प्रदेश तथा प्रतिनीधिसभा सदस्य निर्वाचनमा कांग्रेसलाई मतदान गर्ने मतदाताहरुलाई कांग्रेस दाङले धन्यवाद समेत दिएको छ ।
यसैगरि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. संगिता भण्डारीलाई नियुक्त गर्ने सरकारको निर्णयको स्वागत समेत बैठकले गरेको छ । साथै वैठकमा चुनावी समिक्षा समेत गरिएको थियो ।
RaptiSandesh RaptiSandesh