Home / Feature Breaking news / पत्रकार महासंघ दाङद्वारा पुरस्कारका लागि प्रतिभा छनौट

पत्रकार महासंघ दाङद्वारा पुरस्कारका लागि प्रतिभा छनौट

दाङ, २ पुस

नेपाल पत्रकार महासंघ दाङ शाखाको २५ औं स्थापना दिवसको अवसरमा पुरस्कार प्रदान गर्ने पत्रकारहरुको छनौट गरिएको छ । महासंघद्वारा गठित पुरस्कार छनौट समितिको आइतबार घोराहीमा बसेको बैठकले महासंघमा स्थापित पुरस्कारहरु प्रदान गर्न प्रतिभाहरुको छनौट गरेको हो ।
महासंघमा स्थापित १६ वटा विभिन्न पुरस्कारहरु १८ जना पत्रकारलाई प्रदान गर्ने निर्णय गरिएको महासंघका अध्यक्ष एवं पुरस्कार छनौट समितिका संयोजक सविन प्रियासनले जानकारी दिनुभयो । साथै उहाँका अनुसार ३ वटा रेडियो, एउटा पत्रिका र एक जना पुरस्कार संस्थापकलाई सम्मान गर्ने निर्णय गरिएको छ ।
संयोजक प्रियासनका अनुसार यस वर्षको पत्रकारिता प्रतिभा पुरस्कार महासंघका सल्लाहकार एवं निवर्तमान अध्यक्ष सुदीप गौतम र केन्द्रीय सभासद् लक्ष्मी आचार्यलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
त्यस्तै वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार जेएन सागरलाई, सिर्जनशील महिला पत्रकारिता पुरस्कार पार्वती बस्नेतलाई तथा पत्रकारिता प्रोत्साहन पुरस्कार अञ्जना चौधरी र गिरिराज नेपालीलाई दिने निर्णय गरिएको छ ।
त्यसैगरी कवि–गोकुल पत्रकारिता प्रतिभा पुरस्कार टीका बस्नेतलाई, खगराज लोहनी पत्रकारिता पुरस्कार दिवाकर पोख्रेललाई, टीका–देवी विकास पत्रकारिता पुरस्कार रोशनमान श्रेष्ठलाई, नारायणप्रसाद शर्मा पत्रकारिता पुरस्कार सन्तोष दहितलाई र रोशन स्मृति पत्रकारिता पुरस्कार सुशीला वलीलाई दिने निर्णय गरिएको छ ।
त्यस्तै, पं. लीलाकान्त मरहठ्ठा पत्रकारिता पुरस्कार टीकाराम उदासीलाई, विष्णु–भुपेन्द्रश्वर श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार उदय बिसीलाई, उमा–चन्द्र–गीता रजौरे स्मृति पत्रकारिता पुरस्कार रञ्जिता शर्मालाई, यज्ञबहादुर बुढाथोकी स्मृति पत्रकारिता पुरस्कार सुदर्शन रिजाललाई प्रदान गर्ने निर्णय गरिएको छ ।
त्यस्तै, ओमप्रकाश शर्मा स्मृति पत्रकारिता पुरस्कार किरण विक्रम शाहलाई, जितेन्द्रबहादुर शाह स्मृति पत्रकारिता पुरस्कार बालाराम खड्कालाई र दुर्गा–टीका स्मृति पत्रकारिता पुरस्कार प्रकाश चौधरीलाई दिने निर्णय गरिएको पुरस्कार छनौट समितिका संयोजक सविन प्रियासनले जानकारी दिनुभयो ।
त्यसैगरी विद्युतीय सञ्चारमाध्यमतर्फ रेडियो मध्यपश्चिम एफएम, रेडियो तुलसीपुर एफएम र रेडियो हाइवे तथा छापा माध्यमतर्फ गोरक्ष दैनिकलाई विशेष सम्मान गर्ने निर्णय गरिएको प्रियासनले बताउनुभयो । त्यस्तै, पुरस्कार संस्थापकतर्फ गत वर्षमात्रै महासंघमा दुर्गा–टीका स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्ने शीतलराज रावतलाई सम्मान गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।
महासंघका अध्यक्ष प्रियासनका अनुसार यही पुस ४ गते घोराहीस्थित महासंघको सभाकक्षमा हुने रजत महोत्सवको अवसरमा छनौट गरिएका सबै पुरस्कारहरु प्रदान गर्नुका साथै सम्मान गर्ने कार्यक्रम रहेको छ ।
महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनको संयोजकत्वमा गठित छनौट समितिमा उपाध्यक्षद्वय लीला शाह र डिल्ली मल्ल सदस्य रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*