Home / Feature Breaking news / १० थान अवैध मोटरसाईकलसहित १४ जना पक्राउ

१० थान अवैध मोटरसाईकलसहित १४ जना पक्राउ

 दाङ,४ साउन । प्रहरीले दाङमा दश थान अवैध मोटरसाईकलसहित १४ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चोरी गरिएका र स्वरुप परिवर्तन (मोर्डिफाई) गरिएका १० जना मोटरसाईकल पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङ प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिएका छन् ।
प्रहरीले आइतवार घोराहीमा पत्रकार सम्मेलन गरि उनीहरुलाई सार्वजनिक गरेको हो । प्रहरीले बजाज कम्पनीका ७ वटा, केटिएम ड्यूक १ र एक वटा यामहा कम्पनीका मोटरसाईकल पक्राउ गरेको हो । जसमा रा ४ प ५८३२ नम्वरको २२० सिसीको पल्सर, रा २ प ५०४४ को १५० सिसीको पल्सर, लु ४५ प ८४७ नम्परको १५० सिसीको पल्सर र रा ४ प ६०३९ नम्वर २२० सिसीको पल्सर, रा ४ प २४६, लु ४ प ४१११ र एउटा नम्वर नखुलेको मोटरसाईकल पक्राउ गरेको दाङ जिल्ला प्रहरी प्रमुख एसपी चन्दले जानकारी दिएका हुन ।
त्यसैगरी बा ७६ प २९७६ र बा ८५ प ६१५ नम्वरको केटिएम ड्यूक र रा ४ प ६२१९ आर१५ मायाहा कम्पनीको मोटरसाइकलसहित घोराही उपमहानगरपालिका– १३ निवासी १८ बर्षीय संजय परियार, घोराही–१४ का २३ बर्र्षीय समिर सुनार, सोही ठाउँका २१ बर्षीय सुवास कार्की, सोही ठाउँकै ३५ बर्षीय केन्द्रबहादुर डाँगी, घोराही–१६ का २१ बर्षीय सागर हमाल, घोराही–१७ का २३ बर्षीय निरज योगी रहेको प्रहरीले जानकारी दिएको छ ।
त्यसै गरी लमही नगरपालिका–७ निवासी २५ बर्षीय प्रकाश चौधरी, सोही ठाउँ निवासी २५ बर्षीय पाल्टुराम चौधरी, सोही ठाउँ निवासी २७ बर्षीय हेमन्त गिरी, सोही ठाउँकै २४ बर्षीय धनिराम चौधरी, राजपुर गाउँपालिका–२ बेला निवासी १९ बर्षीय आयोज चौधरी,सोही ठाउँका २२ बर्षीय प्रियतम चौधरी, सोही ठाउँका २७ बर्षीय रविप्रताव यादव र सोही ठाउँका २७ बर्षीय राजकुमार यादवलाई पक्राउ परेको प्रहरी प्रम्ुख चन्दले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । उनीहरुमाथि थप अनुसन्धान भैइरहेको समेत चन्दले जानकारी दिएका हुन ।
यातायात व्यवस्था कार्यालयका सहयोगीसहित ५ जना पक्राउ यसैविच प्रहरीले नक्कली कागजात बनाउन सहयोग गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय तुलसीपुरका कार्यालय सहयोगीसहित ५ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । चार जनाको मिलेमतोमा सरकारी छाप किर्ते गरी नक्कली व्लुबुक बनाइरहेको सुचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा यातायात व्यवस्था कार्यालय तुलसीपुरका कार्यालय सहयोगी तुलसीपुर–४ निवासी ४८ बर्षीय कृष्णप्रसाद खनाल, तुलसीपर–६का २१ बर्षीय अव्दुल हफिस सिद्धिकी, वडा नं. ६ कै ३७ बर्षीय जीवन पोख्रेल र सोही ठाउँका ३२ बर्षीय बिष्णु घिमिरे र वडा नं. ५ का चक्रबहादुर वलीलाई पक्राउ गरि अनुसन्धान भैरहेको प्रहरी प्रमुख चन्दले जानकारी दिएका छन् ।
प्रहरीले जीवन पोख्रेल, चक्रबहादुर वली र बिष्णु घिमिरेलाई प्रहरीले प्रदेश ५ सरकार भौतिक पूर्वाधार मन्त्रालय यातायात व्यवस्थाप कार्यालय दाङ लेखेको छाप १ थान,शाखा अधिकृतको छाप १ थानसहित एक लाख रुपैया नगद पक्राउ गरेको हो । उनीहरुको मोटरसाइकल चोरी गर्ने र मोर्डिफाइ गर्ने गिरोहसँग संलग्नता भएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान भैरहेको प्रहरी प्रमुख चन्दले जानकारी दिएका छन् । न

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*