Home / Feature Breaking news / पर्यटन पूर्वाधारको खर्च ४४ प्रतिशत

पर्यटन पूर्वाधारको खर्च ४४ प्रतिशत

दाङ, ३ साउन । जिल्लामा पर्यटन प्रबद्र्धन तथा विकासमा ४४ प्रतिशत रकम खर्च भएको छ । पर्यटकीय प्रबद्र्धनका लागि प्रदेश सरकारबाट आएको ११ करोड मध्य ४४ दशमलव २९ अर्थात ४ करोड ८७ लाख १९ हजार एक सय ९६ रुपैयाँ खर्च भएको जनाएको छ ।

डिभिजन वन कार्यालयले शुक्रवार घोराहीमा अन्तत्र्रिmयात्मक कार्यक्रमको आयोजना गरेर यस्तो बताएको हो । आर्थिक वर्ष २०७६÷०७७ मा ११ करोड रकममध्ये आधाभन्दा कम ४ करोड मात्रै खर्च भएको जनाएको हो । अन्य योजनाहरुमा बजेट खर्च भए पनि घोराही उपमहानगरपालिका–१३ मा रहेको बाह्रकुने दह वहुउद्देश्य पार्क निर्माण र दंगीशरण गाउँपालिकामा कल्चरल पार्क तथा शालिक निर्माणमा बजेट खर्च हुन नसकेको डिभिजन वन कार्यालय घोराहीका प्रमुख दीपक ज्ञवालीले बताए ।

लकडाउनका कारण काम गर्न नसक्दा धेरै बजेट फिर्ता भएको उनले बताए । ‘बन्दाबन्दीका कारण यो वर्ष धेरै पूर्वाधार विकासमा काम गर्न सकेका छैनौँ’–प्रमुख ज्ञवालीले भने–‘यो वर्ष पर्यटन क्षेत्रको धेरै बजेट खर्च हुन सकेन ।’ उनका अनुसार चमेरे गुफा तथा सुकेदह संरक्षण एवं सौन्दर्यीकरण गर्ने काम, छिल्लीकोट पर्यटकीय क्षेत्र संरक्षण, पुरन्धारा झरना गुरुयोजना निर्माण तथा पानीको मुहान संरक्षण, तुलसीपुरमा बोटानिकल गार्डेन, घोराहीमा मल्टिपर्पोज बोटानिकल गार्डेन निर्माण, शहीद स्मारक पार्क निर्माण, धारापानी धार्मिक क्षेत्रमा पार्कसहित भौतिक पूर्वाधार निर्माण, बंगलाचुलीमा पार्क निर्माण, तुलसीपुरमा नवदुर्गा सामुदायिक आधुनिक ग्रीनपार्क निर्माणलगायतका काम भएको कार्यालयले जनाएको छ ।

शून्य डढेलो

यस्तै डिभिजन वन कार्यालयले गएको वर्षलाई शून्य डढेलो वर्ष घोषणा गरेको छ । डिभिजन वन कार्यालय घोराही अन्तर्गत पर्ने दाङका ६ वटा स्थानीय तहको कुनै पनि वन क्षेत्रमा आगलागी नभएको डिभिजन प्रमुख दीपक ज्ञवालीले जानकारी दिए ।

‘वन डढेलोको दृष्टिकोणले यो क्षेत्र अति संवेदनशील क्षेत्रमा रहेको थियो’–प्रमुख ज्ञवालीले भने–‘तर यो वर्ष मौसमको साथसँगै कार्यालयको सक्रियताले वनमा आगलागी भएन ।’

यो दाङका लागि ठुलो उपलब्धि भएको समेत उनले बताए । पछिल्लो सात वर्षमा दाङका विभिन्न ४ सय ६३ स्थानमा वन डढेलो लागेको डिभिजन वन कार्यालयले जनाएको छ । आगलागीका कारण दाङमा ४२ हजार ६ सय १९ हेक्टर वन क्षेत्र प्रभावित भएको प्रमुख ज्ञवालीले जानकारी दिएका छन् । आगलागीकै कारण दाङमा १ जनाको मृत्य, ९ घर, ५ सय ३४ क्यूफिट काठ जलेर नष्ट भएको कार्यालयले जनाएको छ ।

१५९ दशमलव ९४ हेक्टरमा वृक्षारोपण

दाङमा यस वर्ष हालसम्म १ सय ५९ दशमलव ९४ हेक्टरमा वृक्षारोपण गरेको छ । आठ वटा डिभिजन कार्यालयले यस क्षेत्रमा १ लाख ९० हजार सात सय ६८ विरूवा रोपेको डिभिजन वन कार्यालय दाङका प्रमुख ज्ञवालीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*