Home / समाचार / मृगौला पीडित लक्ष्मीको अपिल, जीवन रक्षा गरिदिनुस

मृगौला पीडित लक्ष्मीको अपिल, जीवन रक्षा गरिदिनुस

घोराही, २४ माघ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ पैयाँखोर निबासी मृगौला रोगबाट पीडित लक्ष्मीश्रीस वलीले आफ्नो जीवन रक्षा गरिदिन अपिल गरेकी छिन ।
दुबै मृगौलाले काम गर्न छोडेपछि उपचारका लागि अस्पतालमा भर्ना भएकी वलीले आर्थिक सहयोग गरेर उपचारमा सघाउन अपिल गरेकी हुन ।

मृगौला प्रत्यारोपण गर्नका लागि निकै धेरै रकम लाग्ने भन्दै वलीले सहयोग जुटाएर जीवन रक्षा गरि दिन बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको बेडबाट अपिल गरेकी हुन । अहिले नियमित डाईलाईसिस भैरहेको भन्दै उनले परिवारको आर्थिक अबस्थाले धान्न नसकेपछि उपचारका लागि हारगुहार गर्नु परेको लक्ष्मीले बाध्यता सुनाइन ।

वलीका श्रीमान लोबहादुर वलीले आफ्नी ३१ बर्षिया श्रीमतीको जीवन रक्षा गरिदिन सबैमा अपिल गर्दै हिड्ेका छन । सहयोग गर्न चाहानेले सिद्धार्थ बैंकको खाता नम्बर ०१४१५१५४८६१ मा जम्मा गरेर श्रीमतीको जीवन बचाईदिन आग्रह गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*