Home / Feature Breaking news / दाङमा ड्राईगन फ्रुडको व्यवसायिक खेती

दाङमा ड्राईगन फ्रुडको व्यवसायिक खेती

अमरराज आचार्य

दाङ, २४ माघ । जिल्लामा व्यवसायिक रुपमा ड्राइगन फ्रुड खेती गर्ने थालिएको छ । लमही नगरपालिका वडा नं १ कौडिया निवासी वसन्तकुमार शर्माले व्यावसायिक रुपमा ड्राइगन फ्रुडको खेती गर्ने सुरु गरेका हुन ।

काठमाडौमा रहेको बहुआयामिक कृषि उत्पादन तथा वितरण प्रालिको शाखा विस्तारको रुपमा दाङमा शाखा ल्याएका हुन । काठमाडौमा फुल खेती गरी राखेको र अन्य नयाँ केही गर्नु पर्दछ भनेर यस प्रकारको खेती अगाडि वढाइएको बताए । जिल्ला अन्य व्यक्तिले व्यवसायिक रुपमा ड्राइगन फ्रुडको खेती गरेका छैनन् । केही व्यक्तिले १÷२ वटा विरुवा लगाएपनि व्यवसायिक रुपमा भने खेती नगरेको शर्माको भनाइ रहेको छ ।

शर्माले विगत २ वर्षदेखि व्यवसायिक रुपमा ड्राइगन खेती गर्ने सुरु गरेका हुन । उनले अहिले ६ कट्टा जग्गामा १ हजार वटा विरुवा रोपेर खेती गरेका छन् । भने यसलाई विस्तार गर्ने उनको योजना रहेको समेत बताए । ‘मैले ड्राइगन खेती लाई यसलाई विस्तार गर्ने योजना वनाएको छु’शर्माले भने ।

६ कट्टावाट बढाएर १ विग्राहमा पु¥याउने उनले बताए । १ विग्राहामा ३ हजार विरुवा रोप्ने उनको लक्ष्य रहेको छ । ‘अन्य वाली भन्दा ड्राइगन फ्रुडका खेतीवाट फाइदा हुने भएकाले विस्तार गर्ने थालेको हु’ शर्माले भने । सुरुमा उनले काठमाडौवाट ३ वटा विरुवा ल्याएर रोपेका थिए ।उक्त विरुवा राम्रो भएपछि व्यवसायिक रुपमा नै अगाडि वढाएको उनी बताउछन । योसँंगै किवी र अन्य जातका विरुवा पनि परिक्षण गरेपनि त्यती सफल नभएको बताए ।

‘एकै पटक व्यवसायिक रुपमा अगाडि वढाउनु भन्दा परीक्षण गरे अगाडि वढदा राम्रो होला भनेर यसो गरेको हु’ शर्माले भने । एउटा ड्राइगन फ्रुडको विरुवाको मुल्य ७ सयदेखि १ हजारसम्म पर्ने गरेको उनको भनाइ रहेको छ । ड्राइगन फ्रुड खेती गर्नका लागि दाङ उपयुक्त स्थान रहेको उनले बताए ।

ड्राइगन फ्रुड फलफुलको रुपमा प्रयोग गरिने शर्माले बताए । यो क्यान्सर, सुगर भएका व्यक्तिले समेत खान मिल्ने बताए । सवैले खान मिल्ने भएपछि यसको माग पनि वढी रहेको बताए । यसले लगाएको २४ महिनामा फल दिन सुरु गर्ने प्राविधिकहरुले बताउने गरेको शर्मा राप्ती सन्देश अनलाईनलाई बताए । तर उनले लगाएको १७ महिनामा नै फल दिन सुरु गरेको उनको भनाइ रहेको छ । एउटा विरुवाट एक वर्षमा ३५ किलोसम्म फल दिने शर्माको भनाइ रहेको छ । आफुले लगाएको विरुवाले उचित स्याहार सुसार पाएकाले १७ महिना मै फलेको उनले बताए ।

१७ महिना मै फलेको हुनाले प्रति विरुवावाट आफुले ५ किलो उत्पादन लिन सफल भएको शर्माले बताए । उनले उत्पादन गरेको ड्राइगन फ्रुड पु¥याउन सकेनन । ‘मैले उत्पादन गरेको ड्राइगन फ्रुड पु¥याउन सकेन’ उत्पादन थोरै माग वढी भएकाले पु¥याउन नसकेको उनको भनाइ छ । आफुले उत्पादन गरेको ड्राइगन फ्रुड उनले ५ सय रुपैया किलो विक्री गरेका थिए ।

उत्पादन गरिएको ड्राइगन फ्रुड जिल्लाका वजारहरु लमही, घोराही, तुलसीपुर, भालुवाङ, सल्यान, प्युठान, अन्य जिल्लाहरुसंँगै लखनउसम्म पु¥याएको शर्माले बताए । जिल्लामा यस प्रकारको खेती उत्पादन गर्ने उपयुक्त वातावरण रहेकाले यसलाई ठुलै व्यवसायिक रुपमा अगाडि वढाउन सकिने समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*