Home / Feature Breaking news / आँगनमै निशुल्क स्वास्थ्य सेवा पाएपछि बंगलाचुलीबासी खुशी

आँगनमै निशुल्क स्वास्थ्य सेवा पाएपछि बंगलाचुलीबासी खुशी

दाङ, १० वैशाख

बंगलाचुलीको बसन्ता खत्री(नाम परिवर्तन) उमेरले २५ बर्ष भईन् । १६ बर्षको उमेरमा बिवाह भएकी खत्रीको ३ वटा बच्चा छन् । शनिवार बंगलाचुली गाउँपालिका वडा नम्बर ३ को कमिरेचौर अस्पतालमा भएको स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराउन आएकी उनको पाठेघर खसिसकेको चिकित्सकहरुले बताएपछि उनलाई जानकारी भयो ।

आवश्यक औषधी दिएर चिकित्सकहरुले थप उपचारको सल्लाह उनलाई दिए । उनले पनि परिवारसँग सल्लाह गरेर थप उपचार गर्ने बताईन् ।

७० बर्षीय मनकाल घर्ति (नाम परिवर्तन) बिहान ६ बजे उठेर हिड्दै कमिरेचौर अस्पताल आईपुगीन् । घर्तिसँगै उहाँकै उमेरका ९ जना हिडेरै बंगलाचुली गाउँपालिकाको केन्द्रमा रहेको अस्पतालनमा उपचारकालागी अएकी थिईन् ।

कमिरेचौर अस्पतालमा निशुल्क स्वास्थ्य शिविर हुने खबर रेडियोबाट सुनेर उपचारकालागी आउनुभएकी मनकलाले आँखा, नाक, कानसँगै पाठेघरको अअवश्थाबारे जाँच गराउनुभयो ।

आँखा, नाक ठिकै भएपनि कानमा भने समस्या रहेको डाक्टरहरुले जाँच गरेपछि थाहा पाईन् र निशुल्क औषधी पनि लिईन् । योसँगै उनले पाठेघरको जाँच पनि गराईन् ।

पाठेघर जाँच गराउदा पाठेघरमा संक्रमण भएको र पाठेघर खस्ने समस्या रहेको उनलाई थाहा भयो । उपचार गराउनुपर्छ भन्ने पनि थाहा नभएको र उपचार गराउन पनि घोराही पुग्नुपर्ने भएकाले पछि उपचार गराउने भन्दै बस्दै गरेको उनले बताईन् । ‘गाह्रो त हुनथ्यो, चिलाउथ्यो तर नजिक औषधी गर्ने ठाउँ पनि छैन, घोराही जानुपर्छ अनि जाम्ला भन्दै बस्दै गरेको थिए’ उनले भनीन्–‘आज राम्रोसँग डाक्टर नानीसँग उपचार गराउन पाए खुशी लागेको छ । यो कमिरेचौर अस्पतालमा सधै यसको उपचार हुन पाए कति जाति हुन्थ्यो होला ।’

तापाकी ७५ बर्षकी सुमित्रा खत्रीले आँखा राम्रोसँग देख्न छाडेको करिब दुई बर्ष भयो । आँखा अस्पताल सम्म लैजाने अर्को मान्छे नभएका कारण रोग पालेर बस्नु भएकी खत्री शनिवार आँखा जाँच गर्नकालागी लौरो टेक्दै कमिरेचौर अस्पतालमा आईन् ।

निशुल्क आँखा जाँच गराउन पाउदा खत्रीको मुहारमा खुशी छाएको थियो । ‘टाढा जानका लागी बाटो खर्च र लैजाने मान्छे नहँुदा त्यसै बसेको थिए । घरदेलोमै बिना पैसा आँखा जाँच गराउन पाउदा खुशी लागेको छ ।’ उनले भनीन्–‘डाक्टर सावहरुलाई धेरै धेरै धन्यवाद । यहाँ आउने सबै सर मेडमहरुलाई धन्यवाद छ ।’

बगलाचुली ३ की ३६ बर्षिय शान्ति परिवार (नाम परिवर्तन) लाई तल्लो पेट दुख्ने समस्या भएको ६ महीना बढी भयो । गुप्ताङ्गमा स–साना बिबिरा आउने चिलाउने समस्या थियो । तर नजिकमा स्त्री रोग बिशेषज्ञ नहुँदा घोराही सम्म पुगेर स्वास्थ्य जाँच गराउन फुर्सद पनि थिएन ।

शनिवार स्थानीय अस्पतालमा महीलाको पाठेघर सम्बन्धी समस्या जाँच गर्ने डाक्टर आउने सुनेपछि उहाँ शिबिरमा आएर स्वास्थ्य परिक्षण गराउन पाउँदा मनमा सन्तोष लागेको उनले बताईन् । ‘जचाउने भन्दा भन्दै मरिन्छ की भन्ने लाग्थ्यो गाउँघरमा निशुल्क पाठेघरको मुखको जाँच गराएर आज मन हलुंको भएको छ ।’

नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराही दाङ, लायन्स क्लब अफ घोराही सिटी, जाल्पा सामुदायिक लघुबित्त संस्था लिमिटेड, नेपाल परिवार नियोजन सघ र बंगलाचुली गाउँपालिकाको सयुक्त आयोजना तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, कमिरेचौर अस्पताल, नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित लमही आाँखा अस्पताल र रेडियो बंगलाचुलीको प्राबिधिक सहयोगमा शनिबार बंगलाचुली गाउपालिका वडा नम्बर ३ कमिरेचौर अस्पतालमा भएको एकिकृत बृहत निशुल्क स्वास्थ्य शिबिरमा ४ सय ३६ जनाले निशुल्क सेवा लिएका छन् ।

शिविरमा २ सय १५ जनाको आँखा जाँच गरिएको थियो । २८ जनामा मोतिबिन्दुको अप्रशेन गर्नुपर्ने समस्या, २६ जनाको चश्मा जाँच गर्नुपर्ने देखिएको छ । २ सय १५ जना महीलाले प्रजनन् स्वास्थय जाँच गराएका छन् । जसमध्य ६८ जना महीलामा पाठेघरको मुखको क्यान्सरको चेक गर्नुपर्ने र १ जनामा रिङ प्रेसरी गर्नुपर्ने समस्या देखिएको छ । त्यसैगरि नाक कान घाटी सम्बन्धी १ सय १५ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

सो अबसरमा ६ जनालाई मनोसामाजिक मनोबिर्मश सेवा प्रदान गरिएको थियो । नेपाल महीला सामुदायिक सेवा केन्द्रका मनोसामाजिक मनोविर्मशकर्ता लक्ष्मी ढकाल र निर्मला चौधरीले मनोबिर्मश सेवा दिनुभएको थियो ।

स्वास्थ्य जाँचकालागी आएका सेवाग्राहीहरुमा सेतोपानी बग्ने, तल्लो पेट दुख्ने, पाठेघरमा मासु पलाएको समस्या देखिएको नेपाल परिवार नियोजन संघ दाङका शाखा प्रबन्धक बसन्त खनालले जानकारी दिए । सानो उमेरमा विवाह गर्नु, परिवार नियोजन साधनको प्रयोग नगर्ने, यौन अंगको सरसफाईमा ध्यान नदिने, महिनावारीको समयमा स्वास्थ्यमा ध्यान नदिने गरेका कारण प्रजनन् स्वास्थ्यमा समस्या देखिने गरेको उनले बताए ।

शिविरमा सहभागी नेपाल महिला सामुदायिक सेवा केन्द्रका सस्ंथापक अध्यक्ष एवं मानव अधिकारकर्मी बिमला योगीले ग्रामीण क्षेत्रका बासिन्दाहरुमा प्रजनन् स्वास्थ्य सम्बन्धमा सचेतना फैलाउन आवश्यक रहेको बताईन् । प्रजनन् स्वास्थ्यको बारेमा जानकारी नहुँदा धेरै महिलाहरुले अकालमा ज्यान गुमाईरहेकाले स्थानीय तहले महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धमा गम्भीर बन्न आवश्यक रहेको उनको भनाई थियो ।

वातावरण प्रदुषणका कारण शिविरमा उपस्थितहरुमा जाँच गर्दा नाक कान घाँटीको समस्या धेरै देखिने गरेको चिकित्सकहरुले बताएका छन् । वातावरणीय प्रदुषणका कारण धुलोले गर्दा सडक वरिपरिका धेरैजसो बासिन्दाहरुमा नाक, घाँटीको समस्या देखिने गरेको शिविरमा सहभागी चिकित्सकहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*