Home / समाचार / कृषी बसोबास र औद्योगीक क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक

कृषी बसोबास र औद्योगीक क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक

घोराही, ३० असोज

कृषि, बसोवास तथा औद्योगिक क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक रहेको आज घोराहीमा आयोजीत एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

३७ औ विश्व खाद्य अधिकार दिवसको अवसरमा खाद्य अधिकार सञ्जाल दाङले आयोजना गरेको ‘खाद्य अधिकारको आवश्यकता र महत्व’ विषयक संवाद कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

खाद्य अधिकार सञ्जाल दाङका अध्यक्ष हुमा डि.सीको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रमुख अथिति नेपालीले दाङमा प्रयाप्त मात्रामा उन्नत विउ नपाउने, उत्पादन गर्न चाहेपनि समस्या देखिएको भन्दै खाद्य अभाव अन्त्यकालागी सबैले जोड दिन आवश्यक रहेको बताउनुभयो ।

पशुसेवा कार्यालयका सुवास आर्चायले दाङ दुग्ध उत्पादनमा आत्मनिरर्भर बन्न नसकेको जानकारी गराउनु भएको थियो तर मासु र अण्डामा भने दाङ सक्षम भएको भन्दै दुग्ध उत्पादनमा जोड दिन सुझाव दिनुभयो ।

कार्यक्रममा कृषि विकास कार्यालय दाङका तिलक के.सीले खाद्यान्न उत्पादन गर्न सकेनौ भने जत्तिसुकै यस्ता कार्यक्रम र नाराले खाद्य समस्या समाधान गर्न नसकिने बताउनुभयो ।

कार्यक्रममा घोराही उपमहानगरपालिका उपप्रमुख सिता न्यौपाने, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक दुर्गा सिंह चन्द, नवराज श्रेष्ठ लगायतले बोल्नुभएको थियो । हरप्लेस दाङका संयोजक विनोद के.सीले विषय प्रवेश गराउनु भएको कार्यक्रमको सहजीकरण खाद्य संजालका सचिव मौसम आर्चायले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*