Home / Feature Breaking news / माओवादी नेता महरालाई निवर्तमान सांसद खनालको च्यालेन्जः ‘आउनुस् विकासमा प्रतिस्पर्धा गरौ’

माओवादी नेता महरालाई निवर्तमान सांसद खनालको च्यालेन्जः ‘आउनुस् विकासमा प्रतिस्पर्धा गरौ’

घोराही, ३० असोज
जिल्लाको विकासमा नेपाली कांग्रेससँग कसैले प्रतिस्पर्धा गर्न नसक्ने निवर्तमान सांसद राजु खनालले दाबी गर्नुुुु भएकाे छ । हरेक विकासलाई अन्य दलहरुले भजाउने गरेको भन्दै उहाँले जिल्लामा भएका धेरै विकासहरु कांग्रेसकै नेतृत्वमा भएको बताउनुभयो ।

कांग्रेस नेता खुमबहादुर खड्का मन्त्री हुँदा जिल्लामा ठुलो मात्रामा विकास भएको भन्दै उहाँले कांग्रेस नेता एवं पूर्व मन्त्रीहरु बलदेव शर्मा, दिपक गिरी, डिल्लीबहादुर चौधरीदेखी सांसदहरुले जिल्लाको विकासमा ठुलो भूमीका निर्वाह गरेको बताउनुभयो ।

नेपाल प्रेस युनियन दाङले दिपावलीको अवसरमा आज सोमवार घोराहीमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै खनालले पछिल्लो समयमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले बजेट दाङ पारेको भन्दै अनावश्यक प्रचार भईरहेकोमा ध्यानाकर्षण भएको बताउनुभयो ।

निवर्तमान सांसद एवं कांग्रेस नेता खनालले विकासको प्रतिस्पर्धा नगर्न महरालाई अनुरोध गर्दै प्रतिस्पर्धा गर्ने भएर आफ्ना योजनाको लिस्ट प्रष्ट्राउन चुनौति दिनुभयो । ‘मैले विकास गरेको भनेर महराजीले यसैलाई भजाउदै हुनुहुन्छ । यदी त्यस्तो हो भने आउनुस् कसले कति विकास ग¥यो जनतालाई प्रष्ट पारौ’ खनालले भन्नुभयो– ‘यो मेरो तपाईलाई च्वालेन्ज भयो, हैन भने किन अनावश्यक प्रचार गर्नुहुन्छ ।’

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनबाट दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएर गईसकेपछि निरन्तर मन्त्री हुँदा पनि दाङको कुनै क्षेत्रमा विकास गर्न नसकेको ईतिहास साक्षी भएको भन्दै कांग्रेस नेता खनालले २०७० सालमा भएको दोस्रो संविधानसभा चुनाव पछि कांग्रेसबाट विजयी भईसकेपछि यस क्षेत्रको विकासमा आफूले करडौ बजेट पारेको बताउनुभयो ।

‘दोस्रो संविधानसभा चुनावमा म यस निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी भएर गएपछि यस क्षेत्रमा करडौ बजेट पारेको छु’ खनालले भन्नुभयो– ‘अनावश्यक रुपमा मैले बजेट पारे भनेर महरा जीले हल्ला गर्दै हिड्नुभएको छ ।’ महरा अर्थ मन्त्री हुँदा परेका केही सामान्य योजनालाई मैले बजेट पारेको भन्दै हिडेको भन्दै निवर्तमान सांसद खनालले सरकारले ल्याएको बजेट आफूले गोजीबाट पारे झै किन गरेको भन्दै प्रश्न गर्नुभयो ।

खनलले अर्को प्रशंगम नेपाली जनताको वलीदानीवाट प्राप्त उपल्वधीहरु गुम्न सक्ने खतरा रहेको वताउदै काग्रेसको नेतृत्मा शशस्त्र जंगलमा रहेको तत्कालीन नेकपा माओवादीदलाइ शान्ती पक्रीयामा ल्याउने देखी संविधान निमार्ण र संविधान कार्यान्वयनको नेर्तत्व पनी काग्रेसले गर्दे आएको वताउदै अव हुने संघ र प्रदेशको निर्वाचन लोकतान्त्रीक सक्तीलाइ विजयी बनाउनुपर्ने बताउनु भयो ।

निवर्तमान सांसद एव काग्रेस नेता खनालले विगतका कमी कमाजोरीहरुलाइ सच्याउदै अवको नेतृत्व काग्रेसको हातमा ल्याउन सके आफुहरुको नेतृत्व सफल हुने वताउदै यसतर्फ ध्यान दिन सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रेस युनियन दाङका सल्लाहकार सुदीप गौतम, कांग्रेस नेता भेषराज खत्री, कांग्रेस दाङ साविक क्षेत्र नम्बर ३ का सचिव बद्रीकुमार खड्का, राप्ती समाचार दैनिकका प्रकाशक तेजवहादुर कार्कि, नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष आर.के.शीतल, युनियनका केन्द्रिय पार्षद आदिम केसी, अमरक्षीतिज भण्डारी, पार्वति बस्नेत, मनु मगर, रोशनी मल्ल लगायतले धारणा राख्नु भएको थियो । कार्यक्रमको सहजिकरण सचिव देवेन्द्र बस्नेतले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*