दाङ,१२ पुस । संसद विघटनको बिरोधमा नेपाली कांग्रेसले भोली सोमवार देशब्यापी बिरोध कार्यक्रम गर्ने भएको छ । क्षेत्रगत रुपमा हुने बिरोध कार्यक्रमको तयारी दाङमा पनि भैरहेको छ । भोली कांग्रेसले क्षेत्रगत रुपमा सरकारी कदमको बिरोध गर्नेछ ।
दाङ क्षेत्र नम्बर २ ले पनि भोली हुने बिरोध कार्यक्रमको तयारी गरिरहेको जनाएको छ । क्षेत्र नम्बर २ ले भोली संसद विघटनको बिरोधमा ¥याली गर्दै बिरोध सभाको समेत आयोजना गर्ने भएको छ । क्षेत्र नम्बर २ का सभापति भुपवहादुर डाँगी र सचिव बद्री खड्काले विज्ञप्ती जारी गर्दै भोली हुने बिरोध सभामा सहभागी हुन सबैमा अपिल गरेका छन् ।
‘संसद विघटन गरेर वर्तमान सरकारले अलोकतान्त्रीक र अमर्यादित काम गरेको छ,’ जारी विज्ञप्तीमा भनिएको छ ‘आम नेपालीहरुले प्राप्त गरेको लोकतन्त्रलाई खोस्ने वर्तमान सरकारको असंवैधानिक कदमका बिरुद्ध हामी सबै सडकमा जानुको बिकल्प छैन ।’
बिरोधसभा कांग्रेसको मात्रै नभई आम सर्वसाधारण नागरिक सबैको खवरदारी सभा भएको कंग्रेस क्षेत्र नम्बर २ ले उल्लेख गरेका छन् । ‘यो बिषय नेपाली कांग्रेसको सवालको बिषय मात्रै हैन,’विज्ञप्तीमा भनिएको छ ‘यो आम नेपाली चिन्ताको बिषय हो, यसर्थ सरकारको अति निकृष्ट कार्यको बिरोधमा सबै आम नेपाली उत्रनु अपरिहार्य छ ।’
विहान ११ वजे देखि कांग्रेस क्षेत्र नम्बर २ ले घोराहीमा बिरोध ¥यालीसहित सभा गर्ने छ । भोली विहान ११ बजे कांग्रेसको पार्टी कार्यालयमा उपस्थित भैदिन कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता लगाएत शुभेच्छुक एबं आम सर्वसाधारणहरुमा अपिल गरिएको छ । ¥यालीपछि बिरोध सभा हुने कांग्रेसले जनाएको छ ।