Home / Feature Breaking news / प्रेस युनियनद्धारा स्थापना दिवसका अवसरमा वद्धवृद्धालाई फलफुल वितरण

प्रेस युनियनद्धारा स्थापना दिवसका अवसरमा वद्धवृद्धालाई फलफुल वितरण

दाङ,१३ जेठ । नेपाल प्रेस युनियनको २८ औँ स्थापना दिवसका अवसरमा प्रेस युनियन दाङ शाखाले फलफुल वितरण गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १६ को तेरौटे स्थीत जेष्ठ नागरिक सरोकार केन्द्रद्धारा सञ्चालित बृद्धआश्रमका जेष्ठ नागरिकलाई फलफुल वितरण गरिएको हो ।

sss

प्रेस युनियन दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य तथा दाङ शाखाका सल्लाहकार सुदीप गौतम, नेपाल पत्रकार महासंघ दाङ शाखा सचिव भुपेन्द्र वली, प्रेस युनिय दाङका निवर्तमान उपाध्यक्ष बसन्धरा गौतमलगायतका पत्रकारहरुको फलफुल वितरण कार्यक्रममा सहभागिता रहेको थियो ।

फलफुल वितरण कार्यक्रमको सहजीकरण प्रेस युनियन दाङका सचिव आरके शीतलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*