Home / Feature Breaking news / घोराहीमा लखन कप फुटवल प्रतियोगिता सुरु, उद्घाटन खेलमा मेघा बिजयी

घोराहीमा लखन कप फुटवल प्रतियोगिता सुरु, उद्घाटन खेलमा मेघा बिजयी

दाङ,२ फागुन । घोराहीमा लखन थापा स्मृति कप खुला फुटवल प्रतियोगिता–२०७८ सुरु भएको छ । प्रथम सहिद क्याप्टेन लखन थापा मगरको १४५ औं स्मृति दिवसको अवसरमा सोमवारदेखि घोराही–१८ नवलपुर खेलमैदानमा लखन थापा स्मृति कप खुला फुटवल प्रतियोगिता सुरु भएको हो ।

नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका १२ टिमहरुको सहभागीता रहेको छ । प्रथम सहिद लखक थापा स्मृति कप फुटवल प्रतियोगिताको बिजेता टिमले नगद एक लाख रुपैया र दोश्रो हुने टिमले नगद ५० हजारसहित शिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गर्ने दुई टिमलाई सान्त्वना पुरस्कार स्वरुप नगद साढे १२ हजार रुपैया पुरस्कारको व्यवस्था गरिएको छ ।

फागुनको १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन घर्तीमगरले उद्घाटन गरेका हुन । प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष रोकाले देशको परिवर्तनक लागि आफ्नो बलिदान गर्ने प्रथम सहिद लखन थापाको योगदानको राज्यले कदर गर्न नसकेको गुनासो गरेका थिए । उनले सहिदको सम्मानमा पनि राज्यको विभेद भएको बताएका थिए । सहिदको सम्मानका लागि नेपाल मगर संघले कार्यक्रम गरेको भन्दै यसले खेलकुद क्षेत्रको विकाससँगै खेलाडीको स्वास्थ्यमा समेत सहयोग पु¥याउन बताएका थिए ।

उदघाटन खेलमा मेघा बिजयी

यसैविच प्रतियोगिताको उद्घाटन खेलमा मेघा स्पोर्ट्स क्लब बिजयी भएको छ । मेघा स्पोर्टस क्लवले उद्घाटन खेलमा युएनबिसिलाई २–१ गोलले पराजित गर्दै बिजयी भएको हो । नकआउट खेल आधारमा खेलाईएको खेलमा मंगलवार फागुन ३ गते पहिलो खेल १२ बजे टरिगाउँ युवा क्लव र फुर्सेखाली युवा क्लव रातो र दोश्रो खेल राप्ती गाउँपालिका र एसएसएफएकाबिच हुने आयोजक नेपाल मगर संघ घोराही नगर समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*