Home / Feature Breaking news / घरमै ज्येष्ठ नागरिकको स्वास्थ्य चेक जाँच

घरमै ज्येष्ठ नागरिकको स्वास्थ्य चेक जाँच

शिवराज खनाल
देउखुरी,२ फागुन । लमही नगरपालिका–६ देउपुर निवासी घुनेश्वरी चौधरी राम्रोसंग हिड्डुल गर्न सक्दैनिन । टाढा जानुप¥यो भने खुट्टाका जोर्नी दुख्न थाल्छन् खुट्टा काप्न थाल्छन ।

हिडेर अस्पताल जान नसक्ने घुनेश्वरीले घरमै स्वास्थ्य जाँच गराउन पाउँदा भने खुसी छिन । ‘खुट्टा झमझमाउछ बाबु उठ्न, बस्न पनि गाह्रो हुन्छ, हिडदा भिउ पाउदैन अहिले घरमा डाक्टर आएर चेक गर्न पाइराछु, बजार जान पर्या छैन’ चौधरीले भनिन ।

लमही नगरपालिकाले लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेको ७० बर्ष माथिका जेष्ठ नागरिकको निःशुल्क उपचार गर्ने कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरेको छ । नगर स्वास्थ्य केन्द्र र स्वस्थ्य चौकीले आफ्नो क्षेत्रभित्रका जेष्ठ नागरिकको निःशुल्क उपचार गर्दै आएका छन् ।

मासिक रुपमा योजना बनाएर घर भेट अभियान चलाउने गरेका छन् । गत बर्ष ८४ बर्ष नाघेका जेष्ठ नागरिकको मात्रै उपचार गर्ने गरिन्थ्यो भने, यस बर्ष देखि ७० बर्ष नाघेका जेष्ठ नागरिकको उपचार गर्ने गरिएको छ । उपचार गरिएका जेष्ठ नागरिकको स्वास्थ्य जाँचको रेकर्ड समेत राख्ने गरिएको छ ।
घरदैलोमा स्वास्थ्य उपचार पाउदा टाढा जानु पर्ने बाध्यताको अन्त्य भएको जेष्ठ नागरिक बताउछन । नगर स्वस्थ्य केन्द्र तथा स्वास्थ्य चौकीमार्फत घरदैलोमा उपचार सेवा प्रदान गरिदै आएको छ ।

चौमासिक रुपमा स्वास्थ्य जाँच, व्लड प्रेसर, स्वासप्रश्वास दर जाँच गर्ने, नारीको चालको पनि जाँच गर्ने लगायतका सेवा प्रदान गरिने गरिएको नगर स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी अर्चना श्रेष्ठले बताइन । घरदैलोमा निःशुल्क स्वास्थ्य उपचार सेवा सुरु भएपछी जेष्ठ नागरिकहरुमा हौसला बढेको छ । जेष्ठ नागरिकको स्वास्थ्य उपचारमा ध्यान दिइएको र उपलब्धी देखिन थालेको छ ।

प्रदेश सरकारको योजना अनुसार स्वास्थ्य उपचार सेवालाई प्रभावकारी रुपमा सञ्चालन गरिएको लमही नगरपालिकाका उपप्रमुख देवका बेल्वासेले बताउछिन । जेष्ठ नागरिकको स्वास्थ्य उपचारमा लुम्बिनी प्रदेश सरकारले अघि बढाएको कार्यक्रम स्थानीय सरकारले त्यसलाई प्राथमिकताका साथ कार्यान्वयन गरिरहेका छन् । यस कार्यक्रमले जेष्ठ नागरिकको सामाजिक सुरक्षामा थप योग्दान पु¥याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*