Home / Feature Breaking news / कुक र वेटर सिक्दै नयाँ पुस्ता

कुक र वेटर सिक्दै नयाँ पुस्ता

दाङ,३ साउन । लमहीका १८ बर्षीय सञ्जय पौडेल कुक र वेटर सिक्दैछन । लमहीमै एक कलेजमा उच्च शिक्षा अध्ययन गर्दै गरेका पौडेलले ग्राहकको इच्छा अनुसार कस्तो खुराक पस्कने भन्ने सिक्दै गरेका छन । तालिममा चाउँमिन, मःमसँगै चाईनिज परिकार, रसियन,अमेरिकनलगायतका विभिन्न परिकारहरु बनाउन सिकेको उनी बताउँछन ।

होटेल सम्वन्धी सम्पुर्ण ज्ञान लिएपछि आफै होटेल सञ्चालन गर्ने सोच बनाएका पौडेललाई तालिमवाट धेरै कुरा सिकेको बताए । ‘होटेल सम्वन्धी सम्पुर्ण जानकारी लिएपछि होटेल खोल्न मन छ । त्यही अनुसार सिक्न आएको हुँ’,उनले भने,‘अहिले सिक्न पाउँदा निकै खुशी लागिरहेको छ ।’ तालिमले पढाई मात्र होइन सिप पनि आवश्यक छ भन्ने सिकाएको बताए ।

ggg

लमही निवासी जोया पोख्रेल पनि कुक तालिम सिक्दैछिन । आदर्श माध्यामिक विद्यालय लमहीमा कक्षा १२ मा अध्ययनरत जोया अहिले होटल सम्वन्धी विभिन्न परिकार बनाउन सिक्न थालेकी छिन । पढाई सकेपछि बेरोजगार बस्न नपरोस भनेर आफुले अहिले सिप सिक्न थालेको उनी बताउँछिन। ‘ आफुसँग सिप नहुदा पढाई सकेपछि धेरै जना बेरोजगार भएर बस्नुभएको हुन्छ’,उनले भनिन्,‘तर म बेरोजगार बन्न चाहान्न । पढाई पछि काम गर्ने सोच छ, त्यही सोचका कारण अहिले सिप सिक्न आएकी हुँ ।’ सिपले आफुलाई सहयोग पु¥याउला भन्ने सोचेकी छु ।

arki

त्यस्तै लमही निवासी अर्का भीमप्रसाद भुषाल पनि कुक सम्वन्धी तालिम लिइरहेका छन । बैदेशिक रोजगारीका क्रममा केही बर्ष दुवैमा बसेका भुषाललाई अव स्वदेशमै केही गर्ने सोच रहेको छ । त्यही अनुसार अहिले होटेल सम्वन्धी तालिम लिइरहेको बताए । ‘कमाउने आशामा विदेश पनि गए,तर राम्रोे कमाई भएन’,भुषालले भने,‘ त्यही भएर अव आफनै ठाउँमा केही गर्न मन छ, त्यही अनुसार सिप सिक्न आएको छु ।’ सिप सिकिसकेपछि आफ्नै ठाउँमा व्यवसाय गरेर बस्ने योजना रहेको छ ।

अहिले उनीहरु जस्तै ४० जना युवायुवतीले देउखुरीको लमहीमा कुक तथा वेटर सम्वन्धी तालिम लिइरहेका प्रशिक्षक नीमकान्त डागीले बताए । होटेलमा ग्राहकलाई सन्तुष्ट बनाउन कस्ता परिकार बनाउने, कसरी सर्भिस गर्नेलगायतका विभिन्न कुराहरु तालिममा सिकाई रहेको डागीले बताए ।

डाँगीका अनुसार तालिम लमही नगरपालिकाले आयोजना गरेको हो । लमही नगरपालिकाको आर्थिक सहयोग तथा बागेश्वरी मेनपावर ट्रेनिङ तथा इन्टेलेच्चुअल कन्सल्टेन्सी प्रालीको आयोजनामा एक महिने कुक तथा वेटर तालिम सञ्चालन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*