Home / Feature Breaking news / युवतीसँगै होटेलमा सुतेका युवक मृत अवस्थामा फेला

युवतीसँगै होटेलमा सुतेका युवक मृत अवस्थामा फेला

दाङ,३ साउन  । दाङको तुलसीपुर स्थित मानसरोवर होटेलमा कोहलपुरका एक युवक मृत अवस्थामा फेला परेका छन् । बाँकेको कोहलपुर निवासी अन्दाजी २७ बर्षीय रमेश हमाल होटेको कोठामा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

हमाल एक युवतीसंगै राति १० बजेतिर होटेलमा बास बस्न भनि आएका थिए । हमालसंगै होटेलमा रुकुमकी एक युवतीपनि पुगेको प्रहरीले जानकारी दिएको छ । युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

घटनावारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । हमालले तुलसीपुरको घोराही रोडमा ड्राईभिङ सेन्टर सञ्चालन गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*