Home / Feature Breaking news / एक महिना नटिक्ने बिकासप्रति काग्रेसको आपत्ति

एक महिना नटिक्ने बिकासप्रति काग्रेसको आपत्ति

तुलसीपुर, २ साउन । नेपाली काङ्ग्रेसले पश्चिम् दाङमा स्थानीयवाट गुनासो आएका बिकास निर्माण योजनाको अनुगमन शुरु गरेको छ ।

नेपाली काङ्ग्रेस साबिक छेत्र नम्बर ४ का क्षेत्रिय सभापति जगत बहादुर खड्काको नेतृत्वको काङ्ग्रेसको टोलीले विहिवार दंगीशरण गाउपालिका वडा नम्बर १ बाँँकी रहरपुर स्थित गाउपालिकाको ७ लाख बजेटमा सम्पन्न भएको कनरिया खोला सडक स्तर उन्नति योजनाको अनुगमन गरेको हो।

अनुगमनका क्रममा बजेट उडाउने र झारा टार्ने बिकास गरेको भन्दै स्थानीयहरु सहित काङ्ग्रेस नेताहरुले आपत्ती जनाएका थिए । ३ वटा सडक संरक्षन वाल मध्ये एउटा ढलेर उठाएको अबस्थामा, र अरु दुईवटा जिर्ण अवस्थामा पुगी ढल्ने तयारी अबस्थामा रहेको पाइएको काङ्ग्रेस क्षेत्रिय सभापति जगत बहादुर खड्काले बताए ।

क्षेत्रिय सभापति खड्काका अनुसार वडा अध्यक्ष श्री चौधरीको आगनसंगै रहेको बाल समेत नाजुक अबस्थामा रहेको छ । वडा अध्यक्षको घर अगाडिको बाटो संरक्षन गर्न बनाइएको वालबाटै वडा र गाउपालिकाको बिकास गुणस्तरहिन छ भन्ने पुष्टि भएको
क्षेत्रीय सभापति खड्काले बताए ।

congrss

गुणस्तरहिन काम तत्काल रोकी गुणस्तरीय काम गर्न गाउपालिकालार्इ आग्रह गर्दै जनताबाट लिइएको कर हिनामिना गर्ने अधिकार गाउपालिकालार्इ नरहेको भन्दै आर्थिक पारदर्शिता र गुणस्तरीय बिकासमा ध्यान नदिए काङ्ग्रेस अनियमितता र गलत कामको भण्डाफोर गर्न बाध्य हुने समेत चेतावनी दिइएको छ ।

बजेट फोरफारक नहुदै भत्किने बिकास गरेर जनताको अँखामा छारो हाल्ने काम नगर्न समेत काङ्ग्रेस नेता शम्भु गिरीले चेतावनी दिएका छन । आर्थिक बर्ष २०७५र७६ को योजना महिना दिन नपुग्दै भत्किन शुरु भएको हो। अनुगमन टोलीमा क्षेत्रीय सभापति खड्का , साबिक क्षेत्र नम्बर ५ का सचिब चुडामणि ढकाल, काङ्ग्रेस नेताहरु शम्भु गिरि, यज्ञ बहादुर बिष्ट, एकराज डागीलगायत स्थानीयको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*