Home / समाचार / रोकियो तुलसीपुर महोत्सब

रोकियो तुलसीपुर महोत्सब

दाङ, ११ माघ

तुलसीपुरमा राप्ती बहिरा संघले लगाउने भनेको व्यापारिक तथा कृषि महोत्सव रोकिएको छ । तुलसीपुर उपमहानगरपालिकामा भएको सर्वदलिय वैठकले तुलसीपुरमा सञ्चालन हुन थालेको महोत्सब रोक्ने निर्णय गरेको हो ।

उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेको संयोजकत्वमा वसेको वैठकले बहिरा संघको छात्रावास निर्माणका लागि यसै आर्थिक वर्षबाट काम आरम्भ गर्ने सहमति गरेपछि महोत्सव स्थगित गरिएको हो । तुलसीपुर उद्योग वाणिज्य संघ, राप्ती बहिरा संघ, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय लगायतको सहभागितामा भएको वैठकमा तुलसीपुर क्षेत्रमा सञ्चालन हुने व्यापार मेलाका सन्दर्भमा आवश्यक कार्यविधि निर्माण गर्ने समेत निर्णय गरिएको छ ।

यसैगरि वैठकले राप्ती वहिरा संघले मेला आयोजनाका लागि खर्च गरेको रकम सवैको पहलमा तिरिदिने र पेश्की वाफतको रकम फिर्ता माग्नका लागि पनि पहल गर्ने निर्णय गरेको छ । तुलसीपुरमा विभिन्न खाले वालवालिकाको अवस्था सुधार गर्नका लागि सवैको पहलमा बाल हितकोषको समेत व्यवस्था गर्ने निर्णय गरिएको प्रेस सल्लाहकार वसन्त विवश आचार्यले जानकारी दिनुभयो ।

बहिरा वालवालिकाका लागि छात्रावास निर्माण गर्न महोत्सवको आयोजना गरिएकोमा तुलसीपुरका व्यवसायीहरुले त्यसको विरोध गर्दै आएका थिए । ‘हामी छात्रावास निर्माणमा लागि सकारात्मक छौ, व्यवसायीलाई मार्ने काम नगरौ’ तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावतले वताउनुभयो ।

यसैगरि राप्ती बहिरा संघका अध्यक्ष अजय शर्माले वालवालिकाको हितका लागि आयोजना गरिएको महोत्सव स्थगन गर्नु खेदजनक भएको वताउनुभयो । उहाले महोत्सव पनि लगाउन नदिने र छात्रावास वनाउने प्रतिवद्धता पनि पुरा नगर्ने अवस्था आएमा आफुहरुले कडा प्रतिरोध गर्ने समेत चेतावनी दिनुभएको छ ।

दाङ खबर अनलाईनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*