Home / Feature Breaking news / खसी बोका खरिदमा सहकारी, किसानमा खुशीयाली

खसी बोका खरिदमा सहकारी, किसानमा खुशीयाली

लिलाधर वली
घोराही, १ कार्तिक
लमही नगरपालिका–८ भौकाका मित्रलाल चौधरीले तिहार खर्चका लागि दुई खसी विक्रि गरे । तिहार पर्व नजिकिदै गर्दा तिहारका लागि आवश्यक सामानहरु किन्नकालागि उनले एउटा ३० केजी र अर्काे साढे ३० केजीको खसी बचेर नगद २१ ह्जार सात सय ८० रुपैया बुझे । उक्त पैसाले तिहार मनाउने तयारी गरेको उनको भनाई छ ।

देउखुरीकै कर्मठ सामाजिक उद्यमी महिला समुहमा आवद्ध भएका चौधरीको परिवारले पशुपालनका लागि ऋण बापत एक वटा बाख्रा उपहार पाएका थिए । त्यहीवाटै उनले अहिले खसी विक्रि गरेको चौधरीे बताउछन ।

यसरी घरमा उत्पादन गरेको खसी समुहले गाउँमा नै उचित मुल्यमा खरीद गरिदिदा आफु खुशीसँगै वाख्रापालन गर्न हौसल्ला प्रदान गरेको चौधरी बताउछन् ।

पहिले घरमा उत्पादन गरेको खसीहरु बेच्नलाई कहाँ जाम भन्ने हुने र घरमा किन्न आउने मानिसरुले उचित मुल्य नदिने समस्या रहेपनि अहिले उक्त समस्या हटेको उनले बताए । सहकारीले उनको खसी प्रतिकेजी ३६० रुपैयाका दरले खरिद गरेको थियो ।

त्यस्तै लमही नगरपालिका–८ लौरी रिहारका बिमल चौधरीले एक वटा खसी विक्रि गरे । उनको परिवार पनि कर्मठ सामाजीक उद्यमी सहकारी संस्थामा आवद्ध छ । साढे ३९ किलोको खसी विक्रि गरेका चौधरी खुसी थिए । घरमा उत्पादन विक्रि गरेको खसी बजार लग्दा टाढा हुने र घरमा किन्न आउनेहरु कम मुल्ने गर्ने गरेका कारण बेच्न नसकेको बताए ।

‘घरमा किन्न आउने मानिसहरु अन्दाजी खसीको मुल्य गर भन्छन,आफुलाई अन्दाजी कति हुन्छ भन्ने पत्तै हुदैन जसले गर्दा ठगिने हुन्थ्यो ’–चौधरीले –‘तर गाउँमा सहकारीहरुले तौलेर उचित मुल्यमा खसी किनिदिदा सहज भएको छ ।

बर्षदिन भरी दु.ख गरेर पालेको खसीको उचित मुल्य पाएको छौँ ।’ करिव तीन बर्ष पहिले सोही सहकारी सस्थावाट तीन वटा बाख्राका पाठीहरु ऋण लिएर वाख्रापालन सुरु गरेको चौधरीले घरमा अरु बाख्रासँगै पठानहरु हुर्की रहेको बताए ।

बाख्रा पाठीहरु पाएपछि आफुले घरकै खोरमा बनाएर बाखाहरु पाल्दै आएको बताउछन । बाख्रापालनदेखि खरीद समेत सहकारीले गरिदिदा आफुहरुलाई सहज भएको उनको भनाई छ ।

अहिले देउखुरीमा कर्मठ सामाजिक उद्यमी महिला समुह जस्तै देउखुरीमा चार वटा समुहहरु रहेका छन । उक्त सहकारी संस्थाहरुले शेयर सदस्य किसानहरुले पालेका खसी, वोका खरीद गरी बजारीकरणको काम गर्ने गर्दै आएका छन ।

कहिले बजारसम्म आफै लगेर तँ कहिले घरमै आउने घुमन्ते ब्यापारीहरुलाई विक्रि गर्दै आएका किसानहरुले गाउँवाटै उचित मुल्यमा खसी, वोका विक्रि गर्न पाउदा किसानहरु खुशी भएका कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था रिहारकी अध्यक्ष देवीमायाँ थापाले बताईन ।

आफुहरुले सहकारीका सदस्य किसानहरुले पालेका बाख्राहरु गाउँमा खरिद गरिदिदा किसानहरुले आफुले पालेको खसी बोकाको उचित मुल्य पाउनुका साथै ठगिनवाट बच्ने भएकाले खुशी हुने गरेको उनले बताईन ।

जसका कारण अन्य सदस्यहरुलाई समेत ब्राखापालनमा आकर्षित गर्ने गरेको उनले बताईन । तिहारको अवसरमा देउखुरीमा रहेका चारवटा सामाजिक उद्यमी महिला सहकारी संस्थाले सोमवार मात्र एकसय ५० बढि खसी विक्रि गरेका थिए । किसानहरुवाट खशी खरिद गरि सहकारी सस्थाले घोराही र तुलसीपुरका मासु पसलहरुलाई विक्रि गर्दै आएका छन ।

तिहारका अवसरमा ती सहकारी सस्थाहरुले करिव पाँच सय खसी वोकाहरु किसानहरुवाट खरीद गरी त्यसको बजारीकरण गर्ने लक्ष्य राखेका छन । सहकारी सस्थाले किसानहरुका खसी बोकाहरु तीन सय ६० रुपैयाका दरले खरिद गर्ने गर्दै आएका छन ।

किसानहरुलाई यो अवसर जुटाईदिने सस्था रहेको छ हेफर इन्टरनेशनल । देशको गरिवी न्यूनिकरणमा महिलाको सहभागिता बढाउने उद्देश्यले महिलाहरुको समुह गठनका माध्यमवाट आयमुलक उत्पादनशिल कार्यक्रमहरु गर्दै आएको हेफर इन्टरनेशनलका बरिष्ठ कार्यक्रम अधिकृत अनन्तराज सिलवालले बताए ।

आयमुलक कार्यक्रम अन्तर्गत तरकारी खेती,पशुपालन,महिला तथा बालबालिकाहरुको परिवारमा सरसफाई पोषण सहयोग अन्तर्गतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको उनले बताए ।

परियोजना लागु भएका स्थानमा एक घर एक महिला सदस्य हुने गरि समुह गठन गरेर बचत तथा ऋण लगानी,खसी बोका पालन तथा विक्रि,मलखाद व्यवस्थापन लगायतका कार्यक्रमहरु सस्थाले सन २००९ देखि गर्दै आएको उनले बताए ।

यसले किसानहरुले आफुले पालेको खसीको उचित मुल्य र व्यवसायीहरुले सहज रुपमा खसी पाउनका साथै सर्वसाधारण जनताहरुले स्वस्थकर मासु पाउनमा महत्वपुर्ण सहयोग गरेको सस्थाले जनाएको छ ।

सस्थाको साना किसान उद्यमी सुदृढिकरण परियोजना अन्तर्गत देउखुरी लमही नगरपालिका–९ मा रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी सस्था, वडा नम्वर ८ मा रहेको दिपन सामाजिक उद्यमी महिला सहकारी सस्था,वडा नं१ र ३ मा निलकमल सामाजिक उद्यमी महिला सहकारी सस्था र वडा नं २मा समुन्ती सामाजिक उद्यमी महिला सहकारी सस्थामा करिव तीन हजार एक सय किसानहरु आवद्ध रहेका हेफर ईन्टरनेशनलका बजार सहजकर्ता महेश आचार्यले जानकारी दिए ।

यसले जिल्लामा मासु उत्पादनमा वृद्धिसँगै बाह्य देशवाट आयात हुने खसी वोकाको बजारलाई घटाउन सहयोग पु¥याएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*