Home / Feature Breaking news / एकैदिन १० जनामा कोरोना पोजेटिभ पुष्टि, संक्रमित ४१ पुगे

एकैदिन १० जनामा कोरोना पोजेटिभ पुष्टि, संक्रमित ४१ पुगे

काठमाडौं ।

नोभेल कोरोना भाइरसको संक्रमण भएका थप १० जना पुष्टि गरिएका छन् । मंगलबार परीक्षण गरिएका कोरोना संक्रमितमध्ये १० जनामा पोजेटिभ पुष्टि भएको बताइएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा दुई जना र विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जना गरी एकै दिन १० जनामा कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

यसअघि मंगलबार दिउँसो एक जना र त्यसपछि आठ जना र केही समयअघि एकजना गरी १० जनामा कोरोना संक्रमण पुष्टि गरिएको हो ।

यसअघि कोरोना संक्रमण गरिएका नौ जना उदयपुरका पुरुष रहेका बताइएको थियो ।

यसअघि नेपालमा कोरोना संक्रमितको संख्या ३१ थियो । नेपालमा हाल कोरोना संक्रमितको संख्या ४१ पुगेको छ ।

हालसम्म कोरोना संक्रमणको उपचारपछि पाँच जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*