दाङ, २ फागुन ।
हिन्दु बिद्यापीठ नेपाल विद्यालयको घोराही दाङको ३२ औ वार्षिक उत्सव सम्पन्न भएको छ । कार्यक्रम बिद्यालय सञ्चालक समितिका अध्यक्ष डा नारायणप्रसाद योगीकोे अध्यक्षता तथा घोराही उप महानगरपालिकाका उप प्रमुख हुमा डिसीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा वोल्दै घोराही उप महानगरपालिकाका उप प्रमुख डिसीले अभिभावकहरु आफना बालवालिका प्रति जिम्मेवार वन्नु पर्ने बताइन् । विद्यालयल मात्र पठाएर नहुने भन्दै उनले वालवालिकाहरुले के गरि रहेको छन् भनेर उनीहरुको निगरानी समेत गर्नु पर्ने बताइन् । गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शिक्षक, अभिभावक र विद्यार्थी संग संगै अगाडि वढनु पर्ने उनको भनाइ छ । उनले बिद्यायालयले अभिभावक बिहिन बालबालिकालाइ शिक्षा प्रदान गर्न सहयोग गरेकोे भन्दै प्रंसँसा गरिन् । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष डा. भोलानाथ योगीले हिन्दू बिद्यापीठ कुनै पनि नाफा कमाउन नभइ सेवा सेवा मुलक विद्यालय रहेको बताए । कार्यक्रम बिद्यालय सञ्चालक समितिका सदस्य रामदयाल गुप्ता, चन्द्रराज पन्त, बिद्यालय समन्वय समितिका अध्यक्ष गिरिराज लम्साल, प्याब्सन दाङका उपाध्यक्ष चक्र रावत, प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासन, विद्यार्थीहरु अुनषा वेलवासे, आरध्या गुप्ता लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रममा कक्षा १० का छात्रा अनुसा बेल्बासेलाइ सुकदेब रेवता सम्मान सेवा गुठी द्वारा नगद ५ हजार सहित सम्मान गरिएको छ । यसैगरी अशोक लोहनीले स्थापना गरेको
खगराज शारदा लोहनी प्रतिभा पुरस्कार बिन्दु बुढाथोकीलाई नगद ५ हजार सहित सम्मान गरिएको छ । यसै गरी बिद्यालयले १० वर्ष भन्दा लामो समय सम्म कार्यरत शिक्षाक कर्मचारीलाइ पनि सम्मान गरेको छ । सम्मानित हुनेहरुमा पिताम्बर रिजाल, खडग शर्मा पौडेल, सागर दाहाल,पुष्पा रावत, निमा बुढाथोकी, तिला गिरी, कमला योगी र ड्राइभर लालबहादुर पुरी रहेका छन् । बिद्यालयका शिक्षक राज शर्माको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रममा शिक्षक सागर दाहालले कबिता बाचन गरेका थिए । भने सञ्चालन शिक्षक पिताम्बर रिजालले गरेका थिए । कार्यक्रममा सहभागिहरुलाइ लेखापाल खडग शर्मा पौडेलले धन्यबाद ज्ञापन गरेका थिए । कार्यक्रममा बिद्यार्थिहरुले विभिन्न चित्रकला, बिज्ञान सामग्री प्रदर्शन गर्नुका साथै गित नृत्य प्रस्तुत गरेका थिए ।
