Home / Feature Breaking news / धारापानी महायज्ञः एकलाखले अवलोकन ४२ लाख दान संकलन

धारापानी महायज्ञः एकलाखले अवलोकन ४२ लाख दान संकलन

 

दाङ, १३ फागुन । पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा शनिवारदेखि सुरु भएको महायज्ञमा ४१ लाख ९९ हजार दान संकलन भएको छ । त्यसैगरी मन्दिरको प्रचारप्रसार गर्ने मुल उद्देश्य राखेर आयोजना गरीएको महायज्ञमा अहिलेसम्म एक लाख दर्शकलले अवलोकन गरेका छन् ।

पाण्डवेश्वर धामको पूर्वाधार विकास र बृहत् आध्यात्मीक पर्या–पर्यटकीय केन्द्रको स्थापनार्थ आयोजना गरिएको ‘श्रीमद् भागवत सप्ताह तथा धनधान्याचल ज्ञान महायज्ञ–२०७५’ मा सोमवार २८ लाख २५ हजार रुपैया दान संकलन भएको महायज्ञ आयोजक मूल समितिले जानकारी दिएको छ । महायज्ञको तेस्रो दिन घोराही उप महानगरपालिका वडा नम्बर १५ का गीरीराज खड्काले १० लाख रुपैया दान गरेका छन् । धारपानी मन्दिर व्यवस्थापन समितिका सदस्य तथा महायज्ञको आर्थिक उपसमितिका सदस्य खड्काले १० लाख १ हजार १ सय ११ रुपैया दान गरेका हुन् । त्यस्तै मन्दिर व्यवस्थापन समितका अध्यक्ष गणेश कुमार अधिकारीले ५ लाख ५५ हजार ५ सय ५५ सचिव विष्णुराम आचार्यले ५ लाख १ हजार १ सय ११ रुपैया दान गरेका छन् ।

यस्तै घोराही १७ गैरागाँउका गोपालप्रसाद पोख्रेलले १ लाख ११ हजार एक सय ११, घोराही १४ का हुमाकान्त अधिकारीले पनि १ लाख ११ हजार १ सय ११ रुपैया दान गरेका छन् । त्यसैगरी घोराही १७ घनिवगियाका ज्ञान सिंङ थारुले १ लाख ५ सय ५, घोराही १५का शिरबहादुर घिमिरेले ५१ हजार ५ सय ५ र घोराही १५का कृष्णबहादुर खड्काले ५० हजार एक सय पाँच रुपैया दान गरेको आयोजक मूल समितिका महासचिव विष्णुराम आचार्यले जानकारी दिए ।

निशुल्क बस सेवा

पाण्डवेश्वर मन्दिर धारपानीमा आयोजना गरिएको महायज्ञसम्म पुग्नकालागी घोराहीबाट निशुल्क यातायात सेवा सुरु गरिएको छ । महायज्ञ स्थलसम्म पुग्नकालागी घोराहीबाट निशुल्क रुपमा बस सञ्चालन भैरहेको आयोजकले जानकारी दिएका छन् । घोराहीको बालमन्दिरबाट तुलसीपुर चोक हुँदै सहिद गेटबाट क्याम्पस रोड हुदै बस महायज्ञ स्थलसम्म पुग्ने आयोजक मूल समितिले जानकारी दिएको छ । त्यस्तै महायज्ञमा जाने भक्तजनहरुका लागि निशुल्क भोजनको समेत व्यवस्था गरीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*