Home / समाचार / सर्वाेच्च अदालतद्वारा प्रतिनिधि सभा पुनःस्थापना

सर्वाेच्च अदालतद्वारा प्रतिनिधि सभा पुनःस्थापना

काठमाडौँ  : सर्वाेच्च अदालतद्वारा प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा रिट जारी भएको छ । सर्वाेच्च अदालतको संवैधानिक इजलासले फैसला सुनुवाइ गरिरहेको छ ।

प्रतिनिधि सभा विघटनविरुद्धको रिटको सुनुवाइ असार २८ गते तोकिएको थियो ।  गत असार २१ मा विघटनविरुद्ध परेका रिटमाथिको बहस सकिएको थियो।

सुनुवाइका लागि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा, न्यायाधीशहरू दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई थिए ।

एमिकस क्युरीको राय सुनिसकेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दा हेर्दाहेर्दैमा राखेर असार २८ गतेका लागि पेशी तोकेका थिए । गत जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।  संविधानकाे धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि आह्वान गरे पनि दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गरिएको थिएन ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेका थिए । शेरबहादुर देउवा १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका थिए। देउवालाई एमालेकै २३ सांसदले पनि साथ दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*