Home / Feature Breaking news / दाङमा खोलाले बगाउँदा बालकको मृत्यु

दाङमा खोलाले बगाउँदा बालकको मृत्यु

दाङ, २८ असार । दाङको बंगलाचुली गाउँपालिका वडा नं. ८ कयनपामा खोलामा बगेर एक बालकको ज्यान गएको छ ।

तिलकराम बैजालीका छोरा ९ बर्षीय छोरा भक्तसिङ बैजाली मगरको खोलाले बगाएर मृत्यु भएको हो ।

मावलीबाट फर्कने क्रममा स्थानीय खहरे खोलाले बगाउँदा बालकको मृत्यु भएको बंगलाचुली गाउँपालिका–वडा नं. ८ का वडा अध्यक्ष गिरराज बाँठाले जानकारी दिएका छन ।

बैजाली माध्यामिक विद्यालय मुलाबारी भेडाबारीमा कक्षा ३ मा अध्ययन गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*