Home / Feature Breaking news / विद्यार्थी भर्ना गर्दै जनप्रतिनिधि

विद्यार्थी भर्ना गर्दै जनप्रतिनिधि

लिलाधर ओली

दाङ,७ बैशाख । यो वर्षको विद्यार्थी भर्ना अभियान सफल बनाउन सरकारका मन्त्री तथा सासद नै लागेका छन् । विद्यार्थी भर्ना अभियानमा ‘एक सांसदले एक विद्यार्थी’ भर्ना गराउनुपर्ने सरकारको निर्देशनसँगै दाङ जिल्लाका जनप्रतिनिधिहरु विद्यालय बाहिर रहेका अतिविपन्न परिवारका बालबालिकाहरुलाई विद्यालय भर्ना गराउन र उनिहरुको खर्च समेत आफै व्यहोर्ने घोषणा गरेका छन् ।

दाङका प्रदेशसभा सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल र प्रतिनिधिसभा सदस्य सुजिता शाक्यले बैशाख ४ गते विपन्न परिवारका ५ जना बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराएका छन । घोराही उपमहानगरपालिका वडा १७ स्थीत गोरक्ष रत्ननाथ माध्यमिक विद्यालयमा आफै पुगेर बिपन्न बालबालिकाहरु शिबु चौधरी, कल्पना योगी, कमल चौधरी, आशिका चौधरी र राजन शर्मालाई विद्यालयमा भर्ना गराएका हुन् । भर्ना गराउदै मुख्यमन्त्री पोख्रेलले कक्षा दश सम्म अध्ययनकालागि आवश्यक कापी,कलम,कपडा,झोलालगाएका आवश्यक सम्पुर्ण खर्च बेहोरिदिने समेत घोषणा गरे ।

 

विद्यालय भर्ना गरेपछि मुख्यमन्त्री पोख्रेलले कुनै पनि बालबालिकाहरुलाई शिक्षावाट बञ्चीत हुन नदि ने वातावरण निर्माणमा शिक्षक र अभिभावकलाई आग्रह समेत गरे । उनले विद्यालयमा बालबालिका टिकाइराख्नको लागि सामुदायिक विद्यालयको शिक्षामा सुधार ल्याउन समेत आग्रह गरे । ‘आफुहरु विद्यालयलमै आएर बालबालिकाहरु भर्ना गर्नुको अर्थ कुनै पनि बालबालिहरु विद्यालय बाहिर हुनहुदैन भने हो’ मुख्यमन्त्री पोख्रेलले भने ‘ यो अभियानमा जिल्लाका जनप्रतिनिधि सवै खटिने छन ।’

 

सरकारले यो वर्षको भर्ना अभियानमा स्थानीयतहका प्रमुख, प्रमुख प्रशासकिय अधिकृत र कर्मचारीलाई अनिवार्य रुपमा एक दिन विद्यार्थी भर्ना अभियानमा खट्न निर्देशन समेत गरेको छ । त्यसैगरेर माथिल्नो कक्षाका विद्यार्थीलाई समेत भर्ना अभियानमा परिचालन गर्न भनेको छ ।

मुख्य मन्त्री पोख्रेलले भर्ना गराएका बालबालिकाहरु आर्थिक रुपमा विपन्न घरपरिवारका हुन । ‘विद्यालय बाहिर रहेका र विपन्न परिवारका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउने काम भएको छ’ मुख्यमन्त्री पोख्रेलले भने‘ यो अभियान सवैको साझा अभियान हो ।’

 

त्यस्तै नेकपा एमाले संसदीय दलका सचेतक शान्ता चौधरीले पनि चार जना आर्थिक अवस्था कमजोर रहेका घरपरिवारका बालबालिकालाई विद्यालयमा भर्ना गराएकी छिन । बैशाख ५ गते सचेतक चौधरीले घोराही उपमहानगरपालिका वडा नं. ४ मा रहेको आधारभूत विद्यालय सुनपुरमा आफै पुगेर बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराएकी हुन । चौधरीले कक्षा ४ मा नवीना गुरुङ,कक्षामा १ रिता चौधरी, संगीता थापालाई नर्सरी र सरोज चौधरीलाई ५ कक्षामा भर्ना गराएकी थिइन ।

 

ती बालबालिकाहरुलाई कक्षा दशसम्मको सम्पुर्ण खर्च आफुले बेहोरिदिने भएकी छिन । घोराही उपमहानगरपालिका– ४ का वडाध्यक्ष भीमबहादुर सार्कीले पनि अतिबिपन्न पुजा विकलाई विद्यालयमा भनाए गराउदै दश कक्षासम्मको सम्पुर्ण खर्च बेहोरिदिने घोषणा गरेका छन् ।यी तँ उदाहरण मात्र हुन ।अहिले जिल्लाभर नै जनप्रतिनिधिहरु बालबालिका खोज्दै विद्यालय भर्ना गराउन लागिपरेका छन ।
जिल्लामा अहिलेसम्म प्रतिनिधिसभा सदस्य एव पूर्वमन्त्री रेखा शर्मा,प्रतिनिधिसभा सदस्य मेटमणि चौधरी, हिराचन्द्र केसी र अन्य सासद तथा स्थानीयतहका जनप्रतिनिधिहरुले आर्थिक रुपमा विपन्न परिवारका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउदै बालबालिकाहरुको पढाई खर्च समेत बेहोर्ने घोषणा गरेका छन् । सासद चौधरीले वाल्यकालमा आफूले पढेको देउखुरीको गढवाको जनता माध्यमिक विद्यालयमा पुगेर बुधवार एकजना असहाय विद्यार्थीलाई कक्षा–५ मा भर्ना गराएका थिए ।

 

बाबु गुमाएकी गढवा–६ मा आफन्तीको घरमा बसेर पठनपाठन गर्दै आएकी शर्मिला परियारलाई सांसद चौधरीले परिक्षा शुल्क वा अन्य अतिरिक्त शुल्क, शैक्षिक सामाग्री र डे«स आफैले प्रदान गर्नेगरि भर्ना गरेका हुन । त्यसैगरी नर्ति स्थित सुर्य विनायक माध्यमिक विद्यालयमा पनि सांसद चौधरीले कक्षा–८ मा सृजना नेपालीलाई भर्ना गरी शैक्षिक सामाग्रीहरु र डे«स प्रदान गरेका थिए आफूले भर्ना गराएका विद्यार्थीहरुलाई लाग्ने परिक्षा शुल्क वा अन्य अतिरिक्त शुल्क र ट्यूसन फिः समेत आफुले उपलब्ध गराउने प्रतिवद्धता गरेका छन् ।

 

त्यसैगरेर सासद हिराचन्द्र केसीले पनि माध्यमिक विद्यालय तुलसीपुर सेन्टरमा २ जना बालबालिकालाइ भर्ना गराएका छन् । उनले कक्षा १० सम्मको सवै खर्च आफैले व्यर्होने समेत घोषणा गरेका छन् ।सरकारले बैशाख महिनालाई विद्यार्थी भर्ना अभियानका रुपमा लिएको छ । दाङमा ४ सय बढि सामुदायिक विद्यालयहरु छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*