Home / Feature Breaking news / तुलसीपुरमा पोलियो दिवशको अवसरमा र्याली

तुलसीपुरमा पोलियो दिवशको अवसरमा र्याली

तुलसीपुर, ७ कार्तिक
विश्व पोलियो दिवसको अबसरमा रोटरी क्लब अफ तुलसीपुर सिटीको आयोजना तथा नेपाल नेसनल पोलियो प्लस कमिटीको प्राविधिक सहयोगमा विभिन्न संघ संस्थाहरुको सहभागितामा तुलसीपुरमा पोलियो ¥याली निकालिएको छ ।

¥यालीलाई सम्बोधन गर्दै क्लबका अध्यक्ष तुफानबाबु श्रेष्ठले पोलियो विश्वबाट उन्मुलन भईसके पनि यो रोगको जीवाणुले जुनसुकै बेला पनि सक्रमण गर्न सक्ने भएकोले सावधानी अपनाउनुपर्ने बताउनु भयो । पोलियो रोग लागिसकेपछि यो रोगको पूर्णरुपमा निदान हुन नसक्ने भएकोले रोकथाममै लाग्नुपर्ने आवश्यकतालाई मध्यनगर गरेर नै जनचेतना जगाउने उद्धेश्यले यस्तो ¥यालीको आयोजना गरिएको उहाँको भनाई थियो ।

विशेष गरी ५ वर्ष मुनीका बच्चा र गर्भिणी महिलाहरुमा यो रोगको भाईरस बढी जसो सङ्क्रमित हुने भएकोले बच्चाहरुलाई दुषित बातावरणबाट जोगाउने, खानपिनको राम्रो स्याहार गर्न र गर्भवति महिलाहरुलाई यो रोगको बारेमा ज्ञान दिन सरकारलाई प्रोत्साहित गर्नुपर्ने पनि उहाँको धारणा थियो ।

¥यालीलाई उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले पोलियो रोग विशेष गरी गरीबीको रेखाले तल रहेका मुलुकहरुमा बढी देखिने गरेकोले देशको गरिवी मेटाउन सकेमा पोलियो स्वतः रोकथाम हुने बताउनु भएको थियो ।

आजको बच्चा भोलिको कर्णधार भएकाले उनिहरुको अभिवृद्धिको लागि सरकारले पोलियो उन्मुलनको लागि रोटरी इन्टरनेसनलसँग सहकार्य गरेर धेरै योजनाहरु बनाएको पनि उहाँले बताउनु भयो ।

बाहिनीचोकबाट सुरु भएको ¥यालीमा तुलसीपुर उप महानगरपालिका, तुलसीपुर उद्योग बाणिज्य संघ, रोट्रयाक्ट क्लब अफ तुलसीपुर, ईन्ट्रयाक्ट क्लब अफ गोरखा बोर्डिङ, तुलसीपुर नगर जेसिस, लायन्स क्लब अफ दाङ, राप्ती अञ्चल बस व्यबसायी समिती, तुलसीपुर नेवार समाज, महिला मानव अधिकार रक्षक सन्जाल, नेपाल प्रहरी, नेपाली सेना, पत्रकार लगायत दर्जनौको सहभागिता रहेको थियो ।

तुलसीपुर बजार परिक्रमा पछि जेसिस चोकमा आएर समापन भएको र्यालीलाई सम्बोधन गर्दै रोटरी इन्टरनेसनल ३२९२ का असिष्टेन्ट गभर्नर कुशल तर्तालले पोलियोको बिरुद्धमा सर्वप्रथम भ्याक्सिनको बिकास गर्ने टिमको नेतृत्व गर्ने जोनक साल्कको जन्म दिवसलाई स्मरणयोग्य बनाउनको लागि रोटरी इन्टरनेसनलले केही दशकदेखी २४ अक्टुबरको दिन विश्व पोलियो दिवस मनाउन थालिएको बताउनु भएको थियो । उहाँले ¥यालीमा सहभागी सम्पूर्ण सँघ संस्था र महानुभावहरुलाई धन्यवाद दिदै नियमित खोप अभियानमा दुई थोपा पोलियो खुवाई पोलियो रोगलाई फर्किन नदिन सबै जागरुक हुनुपर्ने बताउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*