Home / Feature Breaking news / दाङका क्वारेनटाइनमा एक हजार ३२ जना
फाईल फोटो

दाङका क्वारेनटाइनमा एक हजार ३२ जना

दाङ, १९ असार

दाङमा एक हजार ३२ जना क्वारेनटाइनमा रहेका छन् । जिल्लाका विभिन्न क्वारेनटाइनहरुमा उनीहरु रहेको स्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ ।

घोराही उपमहानगरपालिकामा तीन सय २५, तुलसीपुर उपमहानगरपालिकामा स्एक सय ८५, राजपुर गाँउपालिकामा ७३, राप्ती गाँउपालिकामा एक सय ७७, शान्तिनगर गाँउपालिकामा १८, बंगलाचुली गाँउपालिकामा ४२, गढवा गाँउृपालिकामा ६५, लमही नगरपालिकामा ४७ र दैगिशरण गाँउपालिकामा ३८ जना व्यक्तीहरु क्वारेनटाइनमा रहेको स्वास्थ्य कार्यालयले बताएको छ ।

घोराहीका ४८ वटा क्वारेनटाइनहरु खाली भएका छन् । उपमहानगरपालिकाभित्र कुल ९१ वटा क्वारेनटाइनहरु रहेकोमा ४८ वटा क्वारेनटाइनहरु दाली रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*