घोराही, २५ चैत
प्रचलित भाडाभन्दा धेरै भाडा लिने एक एम्बुलेन्सलाई प्रहरीले दाङमा नियन्त्रणमा लिएको छ । लकडाउनको समयमा प्रचलित भाडादर भन्दा धेरै भाडा लिने एम्बुलेन्सलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले नियन्त्रणमा लिएको हो ।
कृपा पोलिक्लीक एण्ड मेडिकल हल लमहीले सञ्चालन गरेको उम्बुलेन्सलाई घोराहीको ट्राफिक चोकबाट नियन्त्रणमा लिईएको हो ।
एम्बुलेन्स सहित कृपा पोलिक्लीक एण्ड मेडिकल हल लमहीका सञ्चालकका छोरा ४० वर्षीय कृष्ण आचार्य र चालक ५० वार्षीय कमलप्रसाद भुषाललाई पनि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकृत एवं डिएसपी सुमित खड्काले जानकार दिनुभयो । उनीहरुलाई आवश्यक कारबाही अगाडी बढाईएको उहाँले जानकारी दिनुभयो ।