Home / समाचार / कलाको गलाले घोराहीमा नचायो दर्शक

कलाको गलाले घोराहीमा नचायो दर्शक

दाङ,१४ माघ । शालिन स्वभाब । नेपाली नारीहरुको मौलिक परिन गुन्यू र चोलोमा स्टेज उक्लिएकी कला लम्सालले ‘कला’ प्रस्तुत गर्दा तडकभडक गर्नु परेन । उस्तै शालिन भावको प्रस्तुती पस्किरहिन् । कलिलो चेहरा , अनि पातलो जिउडालले मोहित दर्शकहरुले उनको सुमधुर गायकीको तारिफ मात्रै गरेका थिएनन्, उनको गायकीमा ताल मिलाएर साथ दिईरहेका थिए ।

कला लम्साल , आँफू भित्रको अन्भुत गायकीकै कारण पछिल्लो समय नेपाली लोक दोहोरी गीतको क्षेत्रमा चर्चित छिन् । तीज गीत ‘पातली’ बाट सांगितिक उचाई बढाएकी कलाको गलाको चर्चा ‘धानको चामल धानैको चिउरा’ बोलको गीतबाट ह्वात्तै बढ्यो । घोराहीमा माघ १० गते देखि सुरु भएको पर्यटन प्रवर्धन एबं कृषि औद्योगिक महोत्सवमा उनै कलाले जब गलाको ढोका खोलिन दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । यति मात्रै हैन, सांस्कृातिक कायृक्रमको अन्त्यतिर चलेको लाइभ दोहोरीमा उनले जोडेका टुक्काहरुमा दर्शकहरु निकै झुमेका थिए ।

मंगलवार महोत्सवका अर्का आकर्षक थिए गायक रमेश राज भट्राई । बुहलाह बोलको गीतबाट ख्याति कमाएका भट्राईले आफ्ना पछिल्ला गीतहरुबाट आफ्नो प्रस्तुती सुरु गरेका थिए । तर दर्शकहरुको चाहना भने त्यहि बहुलाह बोलको गीतमै थियो । दर्शकहरुको ‘वान्स मोर’ का कारण उनले दुईपटक बहुलाह बोलको गीत गाउनु परेको थियो । यसैगरि लोक दोहोरी स्टार चन्द्र शर्माको दोहोरीका शब्दमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । शर्माले गायक रमेशसंगै , गायिका देबकला बस्नेत, कला लम्साल, रुपा घर्ती मगरसंग लाईभ दोहोरी गीत गाएका थिए । यसैगरि मंगलवार महोत्सवको अर्को आकर्षका रुपमा दोहोरी प्रतियोगी बन्यो । जिल्ला स्तरिय दोहोरी प्रतियोगीताले दिनहुँ दर्शकहरुको ध्यान खिचिरहेको छ ।

यसैगरि वुधवार गायिका ज्योती मगर प्रमुख आकर्षकका रुपमा रहनेछिन् । यसैगरि चन्द्र शर्मा, देवेन्द्र बस्नेत, बिजय पुन संगै कमल नारायणीको पनि प्रस्तुती रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*