Home / Feature Breaking news / सरकारी आइसोलेसनमा ४८ जना : कहाँ छन, दाङका अरु संक्रमितहरु ?

सरकारी आइसोलेसनमा ४८ जना : कहाँ छन, दाङका अरु संक्रमितहरु ?

लिलाधर वली
दाङ, ३० भदौ । घोराही उपमहानगरपालिकाले भारतपुरमा रहेको पद्मोदय पव्लिक नमूना माध्यमिक विद्यालयमा ३६ बेडको आइसोलेसन तयार पारेको छ । यसअघि घोराही उपमहानगरपालिका–१० को दक्षिण अम्मराईमा रहेको फनपार्कलाई आइसोलेसन बनाएको थियो ।

तर फनपार्कमा बढी खर्च देखिएपछि उपमहानगरपालिकाले त्यहाँबाट हटाएर अहिले पद्मोदय पव्लिक नमूना माध्यमिक विद्यालयलाई आइसोलेसनको रुपमा प्रयोग गर्न थालेको छ । तर घोराहीका अधिकांश संक्रमितहरु भने आइसोलेसनमा छैनन् । घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाका अनुसार घोराहीमा ६७ जना कोरोना भाइरसका संक्रमितहरु मध्ये २ जना मात्रै उपहानगरपालिकाले निर्माण गरेको आइसोलेसनमा रहेका छन् ।

उनीहरुमध्ये एकजना संक्रमितको चितवनमा, एकजनाको कोहलपुरमा, एकजनाको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचार भइरहेको छ भने बाँकी ६२ जना संक्रमितहरु घरमै रहेका छन् । संक्रमितहरु घरमै बस्दा समुदायमा कोरोना संक्रमण फैल्न त्रास रहेको छ ।

तर घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले सुरक्षित तरिकाले घरमा बसेमा कोरोना संक्रमण फैलने जोखिम कम रहेको बताए । ‘होम आइसोलेसन बस्दैमा संक्रमण सर्ने डर हुँदैन’, स्वास्थ्य शाखा प्रमुख घर्तीले भने–‘संक्रमितको नजिक नजाने, उसले प्रयोग गरेका सामग्री प्रयोग नगर्ने र सामाजिक दूरी कामय गरेर बस्ने हो भने कोरोना संक्रमणबाट बच्न सकिन्छ ।’

दाङमा कोरोना संक्रमितको उपचारका लागि प्रदेश सरकारले १५ बेड आइसियु र भेन्टेलेरसहित ८५ बेडको कोरोना विशेष अस्पताल बनाएको छ । तर अस्पतालमा अहिले ३८ जना मात्र कोरोना संक्रमितहरुहरु रहेको कोरोना विशेष अस्पताल बेलझुण्डीका हेल्थअसिटेन्ट दोर्ण वलीले बताए ।

‘आइसियु र भेन्टेलेटरसहित कोरोना विशेष अस्पतालको ८५ बेड क्षमता रहेको छ’, उनले भने– ‘तर पछिल्लो समय अस्पतालमा संक्रमितहरु आउने क्रम घटेको छ ।’ जिल्लामा कतिपय पालिकाहरुले आइसोलेसन सेन्टर निर्माण गरेका र कतिपय संक्रमितहरु घरमै होम आइसोलेसनमा बस्ने गरेका कारण कोरोना विशेष अस्पतालमा कम संक्रमितहरु रहेको समेत बताए ।

कोरोना संक्रमितहरु बढ्न थालेपछि तुलसीपुर उपमहानगरपालिका र राप्ती लाईफ केयर हस्पिटलले सहकार्यमा आइसोलेसन सेन्टर निर्माण गरिएको छ । लक्षण देखिएका संक्रमित र नदेखिएका संक्रमितहरुलाई राख्नका लागि अस्पतालमा ७५ बेडको आइसोलेसन सेन्टर निर्माण गरिए पनि अझै संक्रमितहरु राख्न शुरु गरिएको छैन ।

त्यस्तै देउखुरीको लामटियामा निर्माण गरिएको कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टरमा ८ जना संक्रमितहरु रहेका छन् । देउखुरीका लमही नगरपालिका,राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका कोरोना संक्रमितहरुलाई राख्ने गरी आइसोलेसन सेन्टर स्थापना भए पनि पछिल्लो समय संक्रमितहरु आइसोलेसन जान छोडेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार आइतवारसम्म जिल्लाका ८ सय ७५ जना संक्रमितहरुमध्ये १ सय ३० जना संक्रिय संक्रमितहरु रहेका छन् । संक्रिय संक्रमित घोराहीमा ६१ जना, तुलसीपुरमा ५१ जना, राप्ती गाउँपालिकामा ६ जना, शान्तिनगर गाउँपालिकामा ४ जना, गढवा र राजपुर गाउँपालिकामा ३÷३ जना र दंगीशरण गाउँपालिका र लमही नगरपालिकामा १÷१ जना रहेका छन् ।

थप ४४ जनामा कोरोना संक्रमण

यसैविच दाङमा थप ४४ जनामा कोरोना संक्रमण देखिएको छ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणका क्रममा सोमवार दाङमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये १९ जना महिला र २५ जना पुरुषहरु रहेका छन् ।

संक्रमितहरु घोराही उपमहानगरपालिका १९ जना, शान्तिनगर गाउँपालिकाका १७ जना र बबई गाउँपालिका ८ जना रहेका छन् । घोराही उपमहानगरपालिका–१० नारायणपुर क्षेत्रबाट स्वाव संकलन गरिएको ६४ जनामध्ये १५ जनामा कोरोना संक्रमण पुष्टि भएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिएका छन् ।

उनका अनुसार संक्रमित हुनेमा नारायणपुरमा रहेको कृषि विकास बंैकमा कार्यरत एकजना कर्मचारी, कुमारी बंैकमा कार्यरत दुई जना कर्मचारी, सहकारी संस्थाका एकजना र एकजना वर्कशपका सञ्चालकलगायतका रहेका छन् । घोराही–६ का १ जना, ८ का २ जना, १० का ९ जना, ११ का १ जना, १२ का २ जना, १४ का २ जना र १५ का २ जना रहेका स्वास्थ्य शाखा प्रमुख घर्तीले जानकारी दिएका छन् । उनका अनुसार एकजना विदेशबाट आएर होम क्वारेन्टाइनमा रहेका व्यक्तिसमेत रहेका छन् ।

उनका अनुसार अन्य चारजना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिकबाट श्वास परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो । यसअघि नारायणपुर क्षेत्रमा संक्रमितहरु देखिएका व्यक्तिहरुको कन्ट्रयाक टे«सिङका आधारमा स्वाव संकलन गरेर परीक्षण गर्दा संक्रमण देखिएकाहरु रहेको घर्तीले जानकारी दिएका छन् ।

त्यस्तै शान्तिनगर गाउँपालिकामा ९३ जनाको स्वाव परीक्षणका क्रममा १७ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरुमध्ये १० जना पुरुष र ७ जना महिलाहरु रहेका छन् । जसमा २ जना गाउँपालिकामा कार्यरत कर्मचारीहरु रहेको स्वास्थ्य शाखा प्रमुख हरि पुनले जानकारी दिएका छन् । उनका अनुसार अन्य वडा नंं. ५ का १० जना, ४ र ७ का २÷२ जना, वडा नं. ६ का १ जनामा रहेका छन् ।

बबई गाउँपालिकामा २० जनाको स्वाव परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरु बबई गाउँपालिका वडा नं. ४, ५ र ६ का ५ जना पुरुष र ३ जना महिलाहरु रहेका छन् । उनीहरु आठैजना भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेको बबई गाउँपालिका स्वास्थ्य शाखा प्रम्ुख शरदराज गिरीले जानकारी दिएका छन् ।

त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिकबाट १५ जनाको स्वाव परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै दाङमा कोरोना संक्रमितको संख्या ९ सय १९ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*