Home / Feature Breaking news / इदको अवसरमा गठबन्धनका उम्मेद्वारद्वारा शुभकामना आदानप्रदान

इदको अवसरमा गठबन्धनका उम्मेद्वारद्वारा शुभकामना आदानप्रदान

घोराही, २० बैशाख । घोराही उपहानगरपालिकाको संयुक्त गठबन्धन उम्मेद्वारहरुले इस्लाम धर्मालम्बीहरुको महान पर्व इदुलफित्र अर्थात इदको अवसरमा इस्लाम समुदायलाई विभिन्न मस्जितमा पुगेर शुभकामना व्यक्त गर्नुभएको छ । घोराही उपहानगरपालिको संयुक्त गठबन्धन तर्फका साझा मेयर हेमराज शर्मा पोख्रेल र उपमेयर भुपबहादुर डाँगीले घोराही उपहानगरपालिका वडा नं. १४ र १५ रहेका मस्जितमा पुगेर इदको अवसमार शुभकामना आदानप्रदान गर्नुभएको हो ।
इदको अवसरमा शुभकामना व्यक्त गर्दैै गठबन्धनका साझा मेयर उम्मेद्वार हेमराज शर्माले सबै धर्म समुदायको समानता र अवसरको सिर्जना गर्नुपर्ने बताउनुभयो । जसले धार्मिक सहिष्णुताको कायम राख्दै भाईचाराको सम्वन्धमा स्थापित गर्ने बताउनुभयो । सबै धर्म समुदाय मुलुकका लापिग बराबर रहेकाले धार्मिक आस्थाको उचित सम्मान गर्दै धार्मिक सहिष्णुता कायम राख्दै समृद्ध मुलुक निर्माणका अघि बढ्न प्रेरित हुनुपर्ने बताउनुभयो । मेयर पदका उम्मेद्वार शर्माले घोराही उपहानगरपालिकाभित्र पनि इस्लाम समुदायको बसोबास धेरै रहेकाले इस्लाम समुदायलाई आयआर्जन तथा उचित शिक्षादिक्षाको व्यवस्थामा उपमहानगरपालिका प्रतिबद्ध रहने बताउनुभयो ।
कार्यक्रममा गठबन्धनतर्फका उपमेयर पदका साझा उम्मेद्वार भुपबहादुर डाँगीले इस्लाम धर्मालम्बी समुदाय धर्मप्रति अति निष्ठावान समुदाय रहेकाले यहाँको धर्मप्रतिको निष्ठालाई अझै मजबुत पार्न र बसोबास लगायतका राज्य दिने अन्य सेवा सुविधा र उचित शिक्षा दिक्षाको व्यवस्थापन गर्न आफूहरु तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘ व्यवसायी क्षेत्रमा इस्लाम समुदाय अलि बढि नै रहेकाले यहाँको व्यवसायमा सहजता थप्ने काम उपहानगरपालिकाले गर्ने छ । ’ जसका लागि गठबन्धनलाई मतदान गरी बिजयी बनाउन समेत आग्रह गर्नुभयो । उक्त अवसरमा गठबन्धन तर्फका घोराही उपमहानजगरपाकिला वडा नंं १४ का वडाध्यक्ष उम्मेद्वार दिल कुमारी बुढा र वडा नं. १५ वडाध्उक्षका उम्मेद्वार रमेश पाण्डलेले समेत वडाको विकासका लागि प्रतिबद्धता व्यक्त गर्दै मतदान गरिदिन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*