दाङ,२० बैशाख । गठवन्धनका साझा उमेद्धारहरु नागरिकको बस्तीमा पुगेर गुनासो सुन्नमा व्यस्त रहेका छन् । नागरिकका गुनासो सुन्न पुगेका उमेद्धारहरुलाइ नागरिकहरुले गुनासो राख्ने गरेका छन् ।
नागरिकले भोग्नु परेका समस्याका बारेमा जानकारी लिदै आफुहरु विजयी भएपछि नागरिकको समस्या गर्न लाग्ने उनीहरुले बताउने गरेका छन् । गठवन्धनका उमेद्धारहरुले आफुहरु कुरा नभइ काम गर्ने बताएका थिए । नागरिकहरुलाई झुटो आश्वासन नभइ काम गरेर देखाउने उनीहरुको भनाइ रहेको थियो ।
घोराही १३ मा दुर्गा भवानी टोलमा नागरिकहरुको गुनासो सुनेपछि गठवन्धनबाट घोराही उप महानगरपालिकाको नगर प्रमुखका उमेद्धार हेमराज शर्माले नागरिकहरुको समयस्या समाधानका लागि आफुहरु लागि पर्ने बताए । ‘नागरिकहरुको समस्याका बारेमा जानकारी लिएर समाधान गर्ने छौ’ उनले भने ।
गठवन्धनबाट घोराही उप महानगरपालिकाको नगर उपप्रमुखका उमेद्धवार भुपवहादुर डाँगीले पछाडी परेको समुदायलाइ अगाडि बढाउन आवस्यक रहेको बताए । ‘पछाडी परेको समुदायको उत्थानको लागि हामी काम गर्ने छौ ’ डाँगीले भने । नागरिकहरुलाई आयआर्जनका जोडन सकेमा मात्र उनीहरुको उत्थान हुन सक्ने उनको भनाइ रहेको थियो । वडा १५ का वडा अध्यक्षका उमेद्धार रमेशकुमार पाण्डेले आफु जन प्रतिनिधि हुदा नागरिकको आवस्यकता अनुसार काम गरेको बताए ।
संयुक्त गठवन्ध चुनाव प्रचारप्रसार समितीले घोराही १४ मा रहेको झिगौरामा गरेको कार्यक्रममा सम्वोधन गदै पूर्व सभामुख ओनसरी घर्तिले संविधानको रक्षाका लागि गठवन्धन भएको बताइन । संविधानमा सबैका अधिकार समेटीएकाले संविधानको रक्षा गर्ने आवश्यक रहेको उनको भनाइ रहेको थियो । नागरिकहरु सचेत भएर गठवन्धनलाई मत दिएर विजयी वनाउन आग्रह गरिन । कार्यक्रममा मेयर पदको उमेद्धार हेमराज शर्मा, उममेयर पदका उमेद्धार भुपवहादुर डाँगी घोराहीको समद्धीका लागि आफुहरु लागि पर्ने बताएका थिए ।
घोराही उपमहानगरपालिका ७ कनरियामा भएको कार्यक्रममा सम्वोधन गदै राष्ट्रिय सभाका मुख्य सचेतक अनिता देवकोटाले लोकतन्त्र र संविधानको लागि गठवन्धन गरिएको बताएकी थिइन् । केपि शर्मा ओलीले पटक पटक संसद विगटन गरेर देशलाइ प्रतिगमन तिर लैजाने खोजेको हुनाले यसलाई वचाउनका लागि गठवन्धन गरेर अगाडि बढिएको उनको भनाइ रहेको थियो । गठवन्धनका साझा उमेद्धारलाइ विजयी वनाउन लाग्न समेत उनले आग्रह गरि । सो अवसरमा मेयर पदको उमेद्धार हेमराज शर्मा, उममेयर पदका उमेद्धार भुपवहादुर डाँगी लगाएतकाले वोलेका थिए ।
इदको अवसरमा गठबन्धनका उम्मेद्वारद्वारा शुभकामना
घोराही उपहानगरपालिकाको संयुक्त गठबन्धन उम्मेद्वारहरुले इस्लाम धर्मालम्बीहरुको महान पर्व इदुलफित्र अर्थात इदको अवसरमा इस्लाम समुदायलाई विभिन्न मस्जितमा पुगेर शुभकामना व्यक्त गरेका छन् । घोराही उपहानगरपालिको संयुक्त गठबन्धनतर्फका साझा मेयर हेमराज शर्मा पोख्रेल र उपमेयर भुपबहादुर डाँगीले घोराही उपहानगरपालिका वडा १४ र १५ रहेका मस्जितमा पुगेर इदको अवसमार शुभकामना आदान प्रदान गरेका हुन ।
इदको अवसरमा शुभकामना व्यक्त गर्दैै गठबन्धनका साझा मेयर उम्मेद्वार हेमराज शर्माले सबै धर्म समुदायको समानता र अवसरको सिर्जना गर्नुपर्ने बताए । जसले धार्मिक सहिष्णुताको कायम राख्दै भाईचाराको सम्वन्धमा स्थापित गर्ने बउनले बताए । सबै धर्म समुदाय मुलुकका लागि बराबर रहेकाले धार्मिक आस्थाको उचित सम्मान गर्दै धार्मिक सहिष्णुता कायम राख्दै समृद्ध मुलुक निर्माणका अघि बढ्न प्रेरित हुनु पर्ने उनको भनाइ रहेको थियो ।
गठबन्धनतर्फका उपमेयर पदका साझा उम्मेद्वार भुपबहादुर डाँगीले इस्लाम धर्मालम्बी समुदाय धर्मप्रति अति निष्ठावान समुदाय रहेकाले यहाँको धर्मप्रतिको निष्ठालाई अझै मजबुत पार्न र बसोबास लगायतका राज्य दिने अन्य सेवा सुविधा र उचित शिक्षा दिक्षाको व्यवस्थापन गर्न आफूहरु तयार रहेको बताए । ‘ व्यवसायी क्षेत्रमा इस्लाम समुदाय अलि बढि नै रहेकाले यहाँको व्यवसायमा सहजता थप्ने काम उपहानगरपालिकाले गर्ने छ ’ उनले भने । जसका लागि गठबन्धनलाई मतदान गरी बिजयी बनाउन समेत आग्रह गरे ।
उक्त अवसरमा गठबन्धन तर्फका घोराही उपमहानगरपालिका वडा नंं १४ का वडाध्यक्ष उम्मेद्वार दिल कुमारी बुढा र वडा १५ वडाध्यक्षका उम्मेद्वार रमेश पाण्डेले समेत वडाको विकासका लागि प्रतिबद्धता व्यक्त गर्दै मतदान गर्न आग्रह गरेका थिए । त्यसै गरेर गठवन्धनका उमेद्धारहरुले इसाइ समुदायका अगुवा संग भेटघाट गरेका छन् ।
छलफलमा इसाइ समुदायका अगुवाहरुले आआफनोतर्फ समस्याका बारेमा जानकारी गराएका थिए । घोराहीमा गठवन्धनका उमेद्धारहरुले नागरिकलाइ भेटघाट गर्ने तथा नागरिकको गुनासो सुन्ने काम गरि रहेका छन् ।