Home / Feature Breaking news / नारायणपुर उवासंघको पहलमा बाटोका खाल्डाखुल्डी पुरियो

नारायणपुर उवासंघको पहलमा बाटोका खाल्डाखुल्डी पुरियो

दाङ,१९ भदाै । नारायणपुर बजार क्षेत्रमा सडकका छेउछाउमा परेका खाडल नारायणपुर उद्योग वाणिज्य संघकाे पहलमा पुर्न थालिएकाे छ ।

घाेराही उपमहानगरपालिका वडा नं. १० साैडीकुलादेखि वडा नं. ११ खैरासम्मकाे सडक वरिपरि रहेका खाडल पुर्न थालिएकाे हाे । सडक छेउछाउमा परेका खाडलले सवारी आवागमनमा कठिनाई भएकाे र दुर्घटनाको हुने सम्भावना बढेकाेले सामाजिक उत्तरदायित्व बहन गर्दै संघले खाडल पुर्ने काम थालेकाे संघका अध्यक्ष अभियान बस्नेतले बताए ।

उनले भने, ` सडक वरिपरि परेका खाडका कारण पैदल यात्रुलाई समेत समस्या परेकाे छ । पैदल यात्रुलाई हिँड्न गाह्राे भएकाे छ । सवारी साधन तथा पैदल यात्रुलाई समेत सहज हाेस् भन्ने मनसायले याे काम थालिएको हाे ।´ संघले यसअघि पनि सामाजिक कार्यमा सक्रियता राख्दै आएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*