Home / Feature Breaking news / समय अनुसार चाडपर्व मनाउनुपर्छ : अध्यक्ष पोख्रेल

समय अनुसार चाडपर्व मनाउनुपर्छ : अध्यक्ष पोख्रेल

दाङ, २० भदौ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले चाडपर्वलाई समयअनुसार मनाउनुपर्ने बताए । तिजको अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखा महिला विभागले शनिवार घोराहीमा गरेको संस्कृति संरक्षणमा मिडियाको भूमिका विषयक अन्तत्र्रिmया तथा शुभकामना आदान–प्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘समयअनुसार परिवर्तन हुन सक्नुपर्दछ’, उनले भने । बुवाआमाले भन्दा हामीले मनाउने चाडपर्व फरक तरिकाले मनाउँदै आएका छौँ’, उनले भने– ‘हिजोको भन्दा आज रुपान्तरण हुन सक्नुपर्छ ।’ चार्डपर्वले नागरिकलाई जोड्नुपर्ने भन्दै उनले उल्लाहसका साथ मनाउनुपर्ने बताए । ‘सबैले एकअर्कालाई सम्मान गर्न सक्नुपर्छ’, पोख्रेलले भने– ‘मिडिया कसैप्रति वायस हुन सक्दैन । मिडियामा कुनै पनि विषयवस्तु दिँदा सम्पादन हुन्छ तर बायस हुँदैन ।’ समाजलाई कस्तो सन्देश दिँदा उपयुक्त हुन्छ भनेर सम्पादन मात्र गरिने उनले बताए ।

प्रेस काउन्सिलका सदस्य शरद अधिकारीले पछिल्लो समयमा चाडपर्वको नाममा विकृति देखापरेको बताए । यसलाई रोक्नका लागि सबै लाग्नुपर्ने उनको भनाइ थियो । अहिले तीजका गीतमा पनि विकृति आएको उनले बताए । नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले मिडियाले विभेद र उत्पीडनलाई जोडेर बाहिर ल्याउनुपर्ने बताए । तीज पर्वलाई अभिव्यक्ति स्वतन्त्रतासँग जोडेर यसलाई बाहिर ल्याउनुपर्ने उनको भनाइ थियो ।

महासंघका सल्लाहकार लक्ष्मी आचार्यले पुराना गलत कार्यलाई परिवर्तन गर्दै अगाडि बढ्नुपर्ने बताइन् । ‘संस्कृतिका नाममा भित्रने गलत कार्यलाई परिवर्तन गर्दै आउनुपर्छ’, उनले भनिन् । कार्यक्रममा तीज पर्वको संस्कृति संरक्षणमा मिडियाको भूमिका विषयमा किशोरचन्द्र गौतम र पूर्व राज्यमन्त्री शुष्मा शर्मा घिमिरेले बक्ताका रुपमा भनाइ राखेका थिए । कार्यक्रम महिला विभाग प्रमुख बसुन्धरा गौतमको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण महिला विभाग सचिव दीप्दिशिखा चौधरीले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*