Home / Feature Breaking news / व्यक्तिगत स्वार्थका लागि देशलाई बन्धक बनाउने काम भयो : नेता चौधरी

व्यक्तिगत स्वार्थका लागि देशलाई बन्धक बनाउने काम भयो : नेता चौधरी

दाङ,५ पुस । नेपाली कांग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत स्वार्थका लागि देशलाई बन्धक बनाउन खोजेको आरोप लगाएका छन् ।

प्रधानमन्त्रीको संसद विघटन गर्ने कदमको विरोध गर्दै संविधान सभा सदस्य समेत रहेका नेता चौधरीले व्यक्तिगत स्वार्थ र चाहना पुरा गर्नका लागि देशलाई बन्धक बनाउन नहुने बताए ।

प्रधानमन्त्रीबाट संसद विघटन गर्ने प्रस्ताव हुनु र राष्ट्रपतिबाट सिधै पारित हुनु देशका लागि दुभाग्र्य भएको समेत उनले बताए । ‘प्रधानमन्त्रीले संसद विगठन गर्ने जुन कदम चाल्नुभएको थियो । त्यसलाई रोक्ने काम राष्ट्रपतिबाट हुनुपथ्र्यो, तर भएन’–नेता चौधरीले भने–‘ जसले गर्दा देशलाई अस्थीरतातर्फ लग्ने काम भएको छ ।’

नेता चौधरीले प्रधानमन्त्री र राष्ट्रपतिबाट चालिएको कदमले देशलाई हित नगर्ने समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*