Home / Feature Breaking news / लागुऔषध ब्राउन सुगरसहित आठ जना पक्राउ

लागुऔषध ब्राउन सुगरसहित आठ जना पक्राउ

दाङ,८ मंसिर । दाङ प्रहरीले लागुऔषध ब्राउन सुगरसहित आठ जनालाई पक्राउ गरेको छ । शनिवार प्रहरीले घोराहीका दुई स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले घोराही उपमहानगरपालिका वडा नं. १४ को नयाँ बसपार्कबाट पाँच जना र घोराही उपमहानगरपालिका वडा नं. १३ बाट तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

शनिवार राती साढे ११ बजे घोराही उपमहानगरपालिका वडा नं. १४ बसपार्क नजिकै लागूऔषध ब्राउन सुगरको कारोवार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा सादा पोसाकमा खटिएको प्रहरी टोलीले १० ग्राम ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको जिल्ला जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिएका छन ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १३ बस्ने २१ बर्षीय बिशाल पुनमगर, घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी प्रविण वली, घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी बिशाल सिंह नेपाली, सोही ठाउँ निवासी महेश वली र सोही ठाउँ निवासी आलोक डाँगी रहेका छन ।

त्यस्तै प्रहरीले शनिवार नै घोराही उपमहानगरपालिका वडा नं. १३ को बाह्रकुने दह नजिकैबाट ३० ग्राम २३० मिलिग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पश्चिम बाफेकोट गाउँपालिका वडा नं. ७ निवासी शेर बहादुर खत्री, रुकुम ( पूर्व ) भुमे स्यावत्त गाउँपालिका वडा नं. १ बस्ने तपजित घर्तिमगर र दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १३ निवासी अबिनास थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक शाहले जानकारी दिए ।

पक्राउ परेकालाई नियन्त्रणमा लिएर लागुऔषध (नियन्त्रण) ऐन २०३३ परिच्छेद ३ दफा २२ (ग) वमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*